२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

आज नवरात्री चौथो दिन-कुष्माण्डा देवीको आराधना गरिँदै

२०७७ कातिर्क ४ मङ्गलबार
आज नवरात्री चौथो दिन-कुष्माण्डा देवीको आराधना गरिँदै

४ असोज, काठमाडौं । नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने गरिन्छ ।

सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो  भन्ने पौराणिक मान्यता रहेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ ।

यो धार्मिक मान्यतालाई विज्ञानसँग जोड्दा मृत्यु, रोग र कमजोरीको समस्या समाधान गर्ने एउटै जडिबुटी कुपिण्डोको सेवन तर्फपनि यसले संकेत गरेको हो कि भन्ने विश्वास गर्न सकिन्छ ।