२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

२ बर्ष देखि बन्द रहेको विद्यालय वडाध्यक्षको पहलमा पुनः सञ्चालनमा

२०७७ कातिर्क ३ सोमबार
२ बर्ष देखि बन्द रहेको विद्यालय वडाध्यक्षको पहलमा पुनः सञ्चालनमा

३ असोज, गोरखा । गोरखाको शहिद लखन गाउँपालिका–७ स्थित मकैपुरमा रहेको मकैपुर आधारभूत बिधालयमा बिधार्थी संख्या नपुगेपछि २ बर्ष देखि बन्द थियो । । घरको आँगन मै रहेको बिधालय बन्द भएपछि कखरा सिक्न त्यहाँका ४/५ बर्षका साना बालबालिका करिब आधा घण्टाको दुरीमा हिडेर बिधालय जानुपर्ने बाध्यता रह्यो । स्थानीयले गाउँमै रहेको एउटा विद्यालय पनि बन्द भएपछि फेरि पनि त्यहि पुन : सञ्चालन हुन्छ भनेर कल्पना समेत गरेका थिएनन् ।

तर सो विद्यालयले यो वर्षदेखि पुनर्जन्म पाएको छ । बन्द विद्यालय खुल्ने नखुल्ने अन्यौलका बिच वडाध्यक्ष शरण श्रेष्ठको पहलमा चालु शैक्षिक सत्रदेखि त्यहाँ बिधार्थी संख्या पुर्याएर बिधालय सञ्चालनमा आएसगै बिधालयलाई बालमैत्री कक्षा सञ्चालनका लागि पहल सुरु भएको छ । अहिले आधारभूत विद्यालयमा २७ जना विद्यार्थी छन् । श्रेष्ठले सहयोगीहरुबाट शैक्षिक सामग्रीदेखि विद्यालय ब्यवस्थापनमा सामग्री जुटाएका छन् । विद्यार्थीलाई चाहिने कापी, पेन्सिल, ब्याग, पोशाक पनि उनले जोहो गरिसकेका छन् । विद्यालयलाई बालमैत्री कक्षा सञ्चालनका लागि पहल सुरु भएको छ । वडाध्यक्ष श्रेष्ठले भने ‘विद्यार्थीलाई आर्कषण गर्नका लागि इसिडी कक्षा थप व्यवस्थित बनाउन आबश्यक छ त्यसका लागि विद्यालयका लागि चाहिने कम्प्यूटर, फोटोकपी मेसिन, स्पिकर, लगायतका सामाग्री पनि विद्यालयलाई प्राप्त भईसकेको छ । तर ’बन्द भएर पुन संचालन गरिएकाले अझै धेरै ब्यवस्थापन गर्न बाँकी नै छ ।’

त्यस्तै विद्यालयमा बालकक्षा र इसिडी कक्षामा बालिकाहरुलाई आबश्यक पर्ने टिभी गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईको समन्वयमा विद्यालयलाई उपलब्ध गराइएको छ भने बालबालिका अध्ययन गर्ने इसिडी कक्षामा रङग लगाउने, कार्पेटिङ गर्ने लगाएका कार्यका लागि आबश्यक सामग्रीको ब्यवस्थापनमा विद्यालयलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।

विद्यालय संचालनका लागि शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटका स्थानीय गन्जबहादुर गुरुङ र भिमबहादुर गुरुङको विषेश पहलमा फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, भिम गुरुङ, अनुप गुरुङ, काजी गुरुङ, अनिता गुरुङबाट रु २०/२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग गरेका छन ।

हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङ बाट १०/१० हजार रुपैयाँ, राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोशन श्रेष्ठबाट पाँच/पाँच हजार, जीतबहादुर गुरुङबाट ७ हजार र सबिता थापाबाट तीन हजार गरी ७५ हजार रुपैयाँ सहयोग जुटेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

गोरखा जेजिस गोरखाका अध्यक्ष सुबास मल्लबाट रु २० हजार बरावरको पाँच थान राउण्ड टेवल, शहिदलखन गाउँपालिका ८ का वडा अध्यक्ष एवं रोटरी क्लव गोरखाका अध्यक्ष काशिनाथ अम्गाईको पहलमा बसन्तराज श्रेष्ठबाट २० थान र गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्केबाट १० थान प्लास्टिक कुर्सी उपलब्ध भएको विद्यालयले जनाएको छ ।

नेपाल दृष्टान्त युटुबमा पनि 

कोरोनाको चपेटामा बालमनोविज्ञान, के सोच्दै होलान हाम्रा बालबालिका ?