२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

२०७७ कातिर्क ३ सोमबार
पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७९० जनामा कोरोना पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

आज थप २३३५ जना डिष्चार्ज भएका छन ।

हाल सम्म ९४ हजार ५०१ जना काेराेना मुक्त भएका छन ।

देशभरि १५,७१४ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ।  उपत्यकामा थप २३८८ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप पुष्टि हुनेमा काठमाडौंका २००८ जना, भक्तपुरका
९९ जना र ललितपुरका २८१ जनामा छन्

चौबीस घण्टाको अवधिमा सोमवार अपराह्णसम्म थप १८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ७५७ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।