२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

ओली सरकारलाई हटाऔं, यस्तो सरकार किन चाहियो ? : बाबुराम भट्टराई

२०७७ कातिर्क ३ सोमबार
ओली सरकारलाई हटाऔं, यस्तो सरकार किन चाहियो ? : बाबुराम भट्टराई

३ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले एक ट्वीट सन्देश जारी गर्दै डा.भट्टराईले ‘यस्तो सरकार किन चाहियो ? भन्दै प्रश्न गरेका छन् । कोरोना संक्रमित बिरामीको उपचारबाट पन्छिने सरकारी निर्णयको आलोचना गर्दै उनले ओली सरकारलाई हटाऔं भन्ने ह्यासट्याग प्रयोग गरेका छन् ।

उनले लेखेका छन्, ‘कोरोना उपचार खर्च आफैं व्यहोर ! बेहोस भए मात्रै अस्पताल जाऊ ! बेरोजगार श्रमिक रूँदै गाऊँ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दशैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कूल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसन/भत्ता डकार ! यस्तो सरकार किन चाहियो ?’

सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । असोज १९ गतेको मन्त्रीपरिषद्को निर्णय आइतबार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको छ । संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत सरकारले यस्तो निर्णय गरेको हो ।