२०७७ मंसिर १२ शुक्रबार १२ : २२ : ४०

गोकर्ण विष्टले दशैं भत्ता फिर्ता गरे

२०७७ कातिर्क ३ सोमबार
गोकर्ण विष्टले दशैं भत्ता फिर्ता गरे

३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेता एवं सांसद गोकर्ण विष्टले दशैं भत्ताबापतको रकम संसद् सचिवालयलाई फिर्ता गरेका छन् ।

उनले संसद सचिवालयका महासचिवलाई पत्र पठाउँदै भत्ता वापतकाे रकम फिर्ता गरेका हुन् ।

‘अति विपन्न व्यक्तिहरूले चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको छ । कोरोना र अन्य रोगका विरामीहरूले उपचारको लागि अस्पतालको शैया समेत नपाउने अवस्था उत्पन्न भएको छ । यसरी आम नागरिकले रोग र भोकसंग जुधिरहेको यो संकटपूर्ण घडीमा अनावश्यक खर्च र कतिपय सुविधा समेत कटौती गरेर जनताको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ,’ पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘यसकारण दसैँ खर्चको नाममा दिन लागिएको सुविधा बापतको रकम थोरै भएपनि सर्वसाधारण जनताको उपचार र राहतमा सहयोग पुगोस् भन्ने भावनाले यसै पत्र साथ संघीय संसद सचिवालयमा चेक मार्फत् फिर्ता गरेको ब्यहोरा अनुरोध गर्दछु ।’