२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

विश्वभर कोरोना भाइरस कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघ्यो

२०७७ कातिर्क १ शनिवार
विश्वभर कोरोना भाइरस कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघ्यो

१ कात्तिक, काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघेको छ । विश्वभरमा शनिबार बिहानसम्म ११ लाख ९ हजार ९८ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

विश्वभर ३ करोड ९५ लाख ७४ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ९६ लाख ५५ हजार ४ सय ५४ जना भने उपचार पछि स्वस्थ भएका छन् ।

अहिले संसारमा ८८ लाख १० हजार १ सय १० जना सक्रिय संक्रमित रहेका छन् भने यीमध्ये ७१ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको छ ।