२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

नेपालबाट बिदा भयो मनसुन

२०७७ कातिर्क १ शनिवार
नेपालबाट बिदा भयो मनसुन

१ कात्तिक, काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोज सकिएसँगै बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू–भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने शुक्रबारदेखिे बाहिरिएको हो ।

यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो ।

तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।