२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

२०७७ असोज ३० शुक्रबार
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

३० असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कार्तिक २ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सेवा नदिने भएको छ ।

कार्यलयमा कार्यरत कर्मचारीमा काेराेना पुष्टि भएपछि प्रशासनले कार्तिक २ गतेबाट अर्काे सुचना जारी नहुँदा सम्म अत्यावश्यक बाहेकका अन्य सेवा नदिने भएको हाे ।

कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाईसम्बन्धी र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा बन्द गरिएको जानकारी दिएको छ ।