२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

गेलकाे आगमन : बैंगलोर ८ विकेटले पराजित

२०७७ असोज ३० शुक्रबार
गेलकाे आगमन : बैंगलोर ८ विकेटले पराजित

३० असोज, काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा किङ्स इलाभेन पञ्‍जाबले जीत हात पारेको छ । प्रतियोगितामा दोस्रो जीत हात पार्ने क्रममा उसले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्‍यो ।

बैंगलोरले दिएको १७२ रनको लक्ष्य पञ्‍जाबले अन्तिम बलमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो । अन्तिम बलमा १ रन आवश्यक रहेको अवस्थामा ब्याटिङ गर्न आएका निकोलस पूरनले छक्का प्रहार गर्दै पञ्‍जाबलाई जीत दिलाएका हुन् । त्यस्तै कप्तान केएल रनहुलले अविजित ६१ रन बनाए भने पहिलो खेल खेलिरहेका क्रिस गेलले पनि ५३ रनको अर्धशतकीय पारी खेले ।

यसअघि शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ४८ रन बनाए भने क्रिस मोरिसले अविजित २५ रन बनाउँदा शिवम् दुबेले २३ रनको योगदान दिए । पञ्‍जाबका मोहम्मद शामी र मुरुगन आश्‍विनले २-२ विकेट लिए भने अर्शदीप सिंह र क्रिस जोर्डनले १-१ विकेट लिए ।

जीतसँगै ८ खेलबाट ४ अंक बटुलेको पञ्‍जाब अंकतालिकाको आठौं स्थानमा यथावत् छ भने हारका बाबजुद बैंगलोर पनि १० अंकसहित तेस्रो स्थानमा यथावत् छ ।