२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

आईपीएलमा चेन्नईको तेस्रो जित

२०७७ असोज २८ बुधबार
आईपीएलमा चेन्नईको तेस्रो जित

२८ असोज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ ।यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो।

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो। हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो। ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए। हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५७ रन जोडे पनि जितको लागि पर्याप्त रहेन।