२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

संक्रमितलाई ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी ( भिडियो )

२०७७ असोज २६ सोमबार
संक्रमितलाई ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी ( भिडियो )

२६ असोज, काठमाडौं । जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले केन्द्रले तयार पारेको आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको दावी गरे ।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले कोरोना नाशक चुर्ण आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको उनले बताए ।

उनले संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको दावी गरे ।

उनका अनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ ।

कोरोना संक्रमितलाई ८ दिनमा नै निको आयुर्वेदिक औषधी !