२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

आफूलाई अरुहरुसंग तुलना गर्न छाड्नुहोस्

२०७७ असोज २३ शुक्रबार
आफूलाई अरुहरुसंग तुलना गर्न छाड्नुहोस्

भनिन्छ जब हामी आमाको गर्भबाट नौ महिनापछि यो धर्तीमा आउछौ त्यतिबेला नै हामीलाई भगवानले एउटा न एउटा कला ,क्षमता दिएर पठाएका हुन्छन रे तपाई यो कुरामा कत्तिको सहमत हुनुहुन्छ ?
यो पढ्दै गर्दा तपाइको मनमा एउटा प्रश्न जरुर आउछ त्यो प्रश्न हो यो संसारमा किन सबै मान्छे धनी अनि सफल हुदैन त ? यो प्रश्न मनमा आउनु स्वाभाविक पनि हो ,किन त ? के कारण यस्तो हुन्छ त ?
कयांै मानिसहरु जिबनमा धेरै दुख गर्छन तर पनि उनीहरुले भने अनुसारको जिबन जिउन हम्मे हम्मे परिरहेको हुन्छ । हामी सबैलाई धेरै दुखको अनुभूति त्यतिबेला हुन्छ जतिबेला तपाई हाम्रो सोच अनुसार जिवनको यात्रा आगाडी बढिरहेको हुदैन । तपाई हामी सबै मानिसको एउटा स्वभाव लगभग उस्तै हुन्छ , त्यो हो हामी खाली अरुको जीवनलाई शुन्दर देख्ने गछौं । फेरी अरुको जीवनलाई शुन्दर देख्नु नराम्रो हैन तर अरुको जीवनलाई आफ्नो जीवन संग तुलना गरेर आफुलाई संसारको सबै भन्दा दुखी महसुस गर्नु त्यो सबै भन्दा नराम्रो कुरा हो ।

कुनै पनि मानिस सफल हुनुको पछाडी उनीहरुको संघर्सको कथा कहाली लाग्दो हुने गर्दछ । तर हामी ति संघर्सका दिनहरु तर्फ फर्किन नै चाहदैनौ हामी केवल आज तिनीहरु खुशि छन ,शुखी छन तर म किन हुन सकिन भनेर दुखी भइरहेका हुन्छौं । जस्तो तपाई हाम्रो नजिक एउटा सफल व्यक्ति छन , हामी ति व्यक्तिलाई हर क्षेत्रबाट खुशि अनि शुखी देख्छौ र अब हाम्रो काम के हुन्छ त, ति सफल व्यक्तिको हिजोको अतीतलाइ हैन उसको आजको जिवन संग हामी आफ्नो आजको जिवन तुलना गरिरहेका हुन्छौ । हामी सोच्नै चाहदैनौ कि आज ति ब्यक्ति सफल बन्नको लागि उनले हिजोको दिनमा कति धेरै दुख गरे होलान ?

तुलनाले तपाई हामीलाई मन मनै एक किसिमले जलन गराइराखेको हुन्छ जसरी एउटा भुसको थुप्रोमा आगो सल्कन्छ त्यसरीनै तपाई हाम्रो मनमा तुलना रुपी आगो सल्किरहेको हुन्छ । यो आगोलाई समयमानै निभाउन सकिएन भने तपाइको जिबन पूर्ण रुपमा असफल हुनेछ ।
एउटा कुरा मनमा राखौ कि म,ऊ,उनि उहाँ फरक फरक हो । म मनै हु र अरु अरुनै हुन । म किन अरु जस्तो बन्नु ? म एकदिन त्यो ठाउमा पुग्नेछु जहाँ मेरो छुटै अस्तित्व हुनेछ । यो सोचेर अगाडी बढ्नु जरुरी हुनेछ । सुर्य र चन्द्रमा दुवैले यो धर्र्तीलाई उज्यालो दिन्छ तर फरक फरक समयमा । त्यसैले यो संसारमा हरेक जीवित ,निर्र्जीव प्राणी वा सृजनाको महत्व आ आफ्नै रहेको हुन्छ ?

यो कुरा बुझ्न जरुरि छ कि हर कुराहरुको समय अनुसार महत्व अलग अलग हुन्छ र सबै कुरा ,सबै मानिस एकसमान हुने हो भने यो पृथ्वी कस्तो हुन्थ्यो होला ? हाम्रो घर ,समाजमा यो प्रवृति धेरै हुन्छ, हामी आफ्नो बाल बच्चालाई अरुको बाल बच्चासंग तुलना गर्दै भनिरहेका हुन्छौ कि ओहो हेर फलानोको छोरा छोरि कस्ता छन् तर तिमीहरु ? यो खालको तुलनाले हाम्रो बाल बच्चामा नराम्रो असर परिरहेको हुन्छ जस्तो उनीहरुलाई लाग्न सक्छ कि साच्चै म त बिग्रिएछु कि के हो ? यो सोचले उनिहरुको मनमा एक किसिमको डर भन्ने भावनाको वृदिविकाश हुन पुग्छ । बाल बच्चामा मात्रै हैन बाबु आमाले कमाउने छोराछोरी हरुलाई पनि तिमीले हरु के गरेका छौ हेर त संगैका तिम्रो साथीहरुले के के गरिसके भनेर अरु संग तुलना गरिदिदा र एउटा श्रीमती वा श्रीमानले तिमीले के गरेउ हेर उसले यस्तो गरिसको भनिदिदा साच्चै उनीहरुमा अपमानित भावनाको बिकाश हुन पुग्दछ ।

कुनै पनि सम्बन्धमा यो व्यवहार गर्नु एकदमै गलत हुन्छ । तुलनाले तपाइले हासिल गरेको उपलव्धि अनि खुशीलाई मार्ने गर्दछ । त्यसकारण तपाई हामी संग जे छ त्यसमा रमाउन सिक्नुपर्दछ । जस्तो तपाई हामी जिबनमा संघर्स गर्दै छौ र तपाई हामी संग धेरै पैसा छैन हिड्नको साधन चहिएको छ भने त्यति बेला साइकल किन्ने हैसियत छ भने त्यो साइकलमा मा पनि खुशी हुन सक्नु पर्दछ । नकि मोटर साइकल चड्ने व्यक्तिलाई हेरर हे भगवान मेरो जीवन !

एउटा सानो प्रसङ्ग
एकपटक काग एउटा घरको छेउमा बसेर काँ काँ गरिरहेको थियो र उसको नजर त्यो घरमा पालेर राखेको सुगा मा पर्दछ । त्यतिनै बेला कागले सोच्दछ ओहो यो सुगालाई कति रमाइलो छ ,भने जस्तो खाने कुरा खान पाएको छ यसलाई न भोक लग्यो चारो कहाँ खोज्ने ,पानि पर्यो कहाँ ओत लाग्ने भन्ने पिर छ । कति रमाइलो जिबन है भन्ने सोचेर बन्द पिजडामा रहेको सुगा नजिक गएर काग ले सोध्छ
सुगा भाइ तिमीलाई कति रमाइलो छ है ? तिमीलाई कति माया गरेर ,भने जस्तो खान दिएर राखेका छन तिमि त कति खुसि होलाऊ ?

कागको यो प्रश्नमा सुगा दुखि हुदै उत्तर दिन्छ “काग दाई तपाइले मेरो बारेमा जे सोच्नु भएको छ त्यो गलत छ हामी पन्छिहरुलाई प्रकृतिसंग खेल्न,सारै राम्रो लाग्दछ ,आकाश मा उड्नु ,साथि हरुसंग रमाइलो गर्नु कति आनन्ददायिक कुरा हुन्छ । तर हेर्नुस त म एउटा बन्द पिजडामा थुनिएको छु ,मेरो जन्म दिने बाबु आमा कहाँ होलान ,साथीभाई कता होलान यो पनि कुनै जिवन हो बरु तपाइलाई कति रमाइलो छ भनेको ठाउमा जान पाउनु हुन्छ” ,आफ्नो मनको कुरा गर्न पाउनुहुन्छ भनेर सुगाले भने पछि कागले कुरा बुच्छ कि यो संसारमा सबै संग केहि न केहि समस्या छन हामीले जे देखिराखेका छौं जे बुझेका छौ सबै सत्य नहुन पनि सक्छ त्यसकारण आफुसंग जे छ त्यसमा रमाउने कोसिस गर्नु नै महत्वपूर्ण हुन्छ ।

यो कथामा जस्तै हामी कसैको आन्तरिक कुरा नबुझी अरु संग तुलना गरि त्यतिकै दुखि भैरहेको हुन्छौ । समस्या हर ठाउमा छ त्यसलाई सहज रुपमा लिएर जिवनमा आफ्नो कर्म प्रति लागाब राख्दै आगाडी बढ्नु बुद्दिमानी हुनेछ ।

आफु प्रति विश्वास राखौँ म केहि गर्न सक्छु ,म अरु भन्द फरक गर्न सक्छु ।
यो नसोचौ कि मेरो जिवन उसको जस्तै बनाउछु ।
तपाई म,ऊ,उनि र उहाँ सब अलग हो
यदि अलग हो भने किन उस्तै बन्नु पर्यो ?