२०७७ कातिर्क ४ मङ्गलबार १२ : २२ : ४०

वर्षैपिच्छे आउँने दशै यसपालि दशा बनेर नआओस

२०७७ असोज २० मङ्गलबार
वर्षैपिच्छे आउँने दशै यसपालि दशा बनेर नआओस

नेपाल विश्वमै चाडपर्व बढी मनाउने देशहरु मध्ये एक हो।नेपाललाई नेपाली समाजमा हिन्दु, बौद्ध, किराँत, मुस्लिमलगायत सबै धर्मावलम्बीहरुले विभिन्न तिथिमितिमा आ-आफ्ना चाडपर्व हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । कला र संस्कृतिको धनी मानिने हाम्रो देश नेपालमा अनेकता भित्रको एकता, अनुपम विशेषता मानिन्छ । राजधानी काठमाडौं खाल्डोमा मात्रै यहाँको जनसंख्या भन्दा देवी देउता धेरै र घरभन्दा मठ मन्दिर धेरै रहेको भनाइ प्रचलनमा छ। हिन्दुहरुको महान चाड दशैं आउन लागेको छ।

यसै पनि चाडपर्वमा अन्य समयको भन्दा चहलपहल धेरै हुने गर्छ। तर अहिले कोरोनाका कारण दशैं पनि प्रभावित बन्ने निश्चित छ। चाडपर्व कै अवसरमा आर्थिक गतिविधि पनि तिब्र चलयमान हुने हुँदा गाउँ देखी शहर सम्मको अर्थतन्त्रलाई चाडपर्वहरुले पुनर्ताजगी गर्छ तर यसपाली परिस्थिती अत्यन्त भिन्न छ यस्तो परिवेशमा बडादशै आउँदै गर्दा के कसरी मनाउने भन्ने बारेमा सचेत नागरिक शिक्षाको आवश्यकता देखिन्छ हालै मात्र बिदा गरेर पठाइएको पर्वहरुको परिदृश्य हेर्दा स्वदेश वा बिदेशमा रहेका नेपालीहरुलाई महामारीको सन्त्राश भन्दा चाडपर्वको रमाइलो नै प्यारो लागेको प्रत्तित हुन्छ ।

अहिले देशमा लकडाउनको अवस्था छैन सहरमा कोरोनाका संक्रमित बढिरहेका छन्। दशैंमा सहरबाट गाउँ जानेको ठूलो भिड हुन्छ। यो अस्थामा कोरोना झन् फैलन सक्छ त्यसैले हामीले एउटै घरमा बसोवास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, यदि भेटघाट गर्नैपर्ने भएमा कम्तिमा २ मिटर (६ फीट) को दूरी अनिवार्यरूपमा कायम गर्ने , चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने,यदि जानै पर्ने भएमा सहभागी हुँदा मास्क (सर्जिकल वा ३ तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने , चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्नेजस्ता सुरक्षाका उपाय अपनाए महामारी फैलने जोखिम कम हुन्छ। महामरीका बिच बडा दशैको उचित व्यवस्थापन अहिलेको चुनौती हो यस्तो बेलामा समाजका हरेक अचेत नागरिक सचेत नभईदिने हो भने नियन्त्रण हुन न सकेपनि फैलनबाट रोक्न अवश्य सकिन्छ ।

यो विषय पेचिलो ढंगले बहसका रुपमा सतहमा आउन सकेको छै न त राज्यले नागरिक शिक्षा दिलाउन सकेको छैन जनमनमा गुल्जार हुने गरी अभियान चलाऊन सकेको नै छ। लापरबाही र असावधानीमा गरिने आजको क्षणिक रमाइलो जीवनकै अन्तिम नबन्ला भन्न सकिदैन त्येसैले जो जहाँ जसरी रहे बसेको भएता पनि अधिक्तम उच्च सतर्कता अपनाइ यस्पालीको दशै विवेक पूर्ण ढंगले मनाउने योजना अहिलेबाटनै बनाउनु पर्दछ । पर्वहरुले रोमाञ्चित तुल्याउने नेपाली मनहरुलाई माहामारीको सम्बेदनशीलता सँग खेल्बाड गर्न नहुने आत्मबोध हुन सकोस् ।

सुन्दर जिन्दगानी केही उच्च जोखिमा मोलेर रौसिने र हौसिने बेला पकै होइन। दशै त वर्षैपिच्छे आउँछ तर यसपालि दशै दशा बनेर नआओस।