२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

थप १ हजार २०७ जनामा कोरोना पुष्टि, कुल संख्या ७१ हजार ८२१ पुग्यो

२०७७ असोज १० शनिवार
थप १ हजार २०७ जनामा कोरोना पुष्टि, कुल संख्या ७१ हजार ८२१ पुग्यो

१० असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार २०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ७१ हजार ८२१ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप जना कोरोना १ हजार १४७ संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ५३ हजार ११३ जना उपचारपछि निको भएका छन् ।