२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

एसिड आक्रमणकारीलाई २० वर्ष कैद हुने अध्यादेशको चौतर्फी स्वागत

२०७७ असोज १० शनिवार
एसिड आक्रमणकारीलाई २० वर्ष कैद हुने अध्यादेशको चौतर्फी स्वागत

१० असोज, काठमाडौं । एसिड आक्रमणका दोषीलाई २० वर्षसम्म सजाय हुने गरी सरकारले ल्याएको अध्यादेशको प्रमुख विपक्षी दलका नेताहरुसहित एसिड आक्रमणविरुद्धका अभियन्ताहरुले स्वागत गरेका छन् । एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पु¥याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट पारित भएको अध्यादेशको अभियन्ताहरुले स्वागत गरेका हुन् ।

एसिड आक्रमणविरुद्धका अभियन्ता उज्जवल बिक्रम थापाले आफूहरुका सबै मागहरु अध्यादेशमा सम्बोधन गरिएको बताउनुभयो । एसिड आक्रमणका दोषीलाई २० वर्षसम्म कारबाहीका साथै एसिड बिक्री वितरणको नियन्त्रण र नियमनबारे पनि आफूहरुले उठाउँदै आएका माहरु अध्यादेशमार्फत सम्बोधन गरिएको उहाँले बताउनुभयो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संगा्रैलाले पनि सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताउनुभयो । वर्तमान अवस्थामा एसिड आक्रमणकारी ६ महिनामै जेलमुक्त हुने र पीडितले जीवनभर पीडा सहेर बाँच्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले २० वर्ष कैद सजायको कानुनी व्यवस्था हुनु स्वागतयोग्य रहेको बताउनुभयो । तर अपराधका घटनामा कमी ल्याउनका लागि कानुनको सबल कार्यान्वयनमा भने जोड दिइनुपर्ने उहाँले बताउनुभयो ।

एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पु¥याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो । यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कानुनका रुपमा कार्यान्वयनमा आउने छ । समाचार तयार पार्दासम्म राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भने भइसकेको छैन ।