२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६० वर्षमाथिका र दीर्घ रोगीलाई अत्यावश्यकबाहेक घरबाहिर नजान आग्रह

२०७७ असोज ६ मङ्गलबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६० वर्षमाथिका र दीर्घ रोगीलाई अत्यावश्यकबाहेक घरबाहिर नजान आग्रह

६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र अन्य दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यक बाहेक घरबाहिर नजान र जानै परेमा स्वास्थ्य मापदण्डहरु पालना गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय चिन्तित बनेको हो ।

कोरोना संक्रमणको जोखिम घना बस्तीहरुमा अझै कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्रा डा.जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मी र चिकित्सकहरुमा कोरोना संक्रमण बढिरहेको हुँदा विस्तारै स्वास्थ्य सेवा दिन समेत अप्ठ्यारो हुने अवस्था आउन सक्ने देखिन्छ ।

उनले भने, “अहिले चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमित भए पनि कोरोना संक्रमितको व्यवस्थापन भइरहेको छ । तर अहिलेकै गतिमा स्वास्थ्यकर्मीहरु संक्रमित भएमा सेवा प्रवाहमा अभाव हुने अवस्था आउन सक्छ ।”