२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्ताबाट भारतमा परीक्षण हुदै

२०७७ असोज ६ मङ्गलबार
रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्ताबाट भारतमा परीक्षण हुदै

६ असोज, काठमाडौं । रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्ताबाट भारतमा परीक्षण हुने भएको छ। हैदरावादस्थित औषधि निर्माता कम्पनी डाक्टर रेड्डीज ल्याबोरेटरीले रुसको खोपलाई भारतमा परीक्षण गर्न नेतृत्व गर्नेछ।

रेड्डीज ल्याबोरेटरीका एक अधिकारी दिपक सप्राका अनुसार हजारदेखि २ हजार भारतीयमा रुसको खोप परीक्षण हुनेछ। यो परीक्षण भारतका विभिन्न राज्यमा हुनेछ। रुसमा गत अगष्ट ११ मा नै त्यहाँको सरकारले यस खोप प्रयोगका लागि अनुमति दिएको थियो।

तर विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले रुसले तेस्रो तथा मुख्य परीक्षण नगरेको भन्दै आलोचना गरेका थिए। हाल रुसका खोप विभिन्न देशमा परीक्षण भइरहेका छन्। यसबीचमा भारतमा पनि स्पुतनिक भ्याक्सिन मानिसमा परीक्षण हुन लागेको हो। भारतीय संचार माध्यमका अनुसार रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआइएफले भारतको रेड्डीज कम्पनीलाई दश करोड डोज खोप उपलब्ध गराउनेछ।