२०७७ कातिर्क १४ शुक्रबार १२ : २२ : ४०

जनजाति भएकै कारण कुलमानलाई हटाइएको आरोप

२०७७ असोज ५ सोमबार
जनजाति भएकै कारण कुलमानलाई हटाइएको आरोप

५ असाेज, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले कुलमान घिसिङ जनजाति भएकै कारण हटाइएको आरोप लगाएको छ । महासंघले उनलाई पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न पनि माग गरेको छ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्तिको सम्बन्धमा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आवाज उठिरहेको सन्दर्भमा उनको कार्यकाल पूरा भएको यतिका दिन बितिसक्दा समेत सरकारले कुनै निर्णय नलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।