२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

भूकम्पले क्षति पु-याएको गोरखा दरवार पुननिर्माण : भूईं तलाको काम सकियो

२०७७ भाद्र ३० मङ्गलबार
भूकम्पले क्षति पु-याएको गोरखा दरवार पुननिर्माण : भूईं तलाको काम सकियो

३० भदौ, गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखा दरवार पुननिर्माणका क्रममा भुईतल्लाको काम सकिएको छ । लकडाउनका कारण रोकिएको काम साउन पहिलो साताबाट शुरु भएको थियो । भुइँतल्लाको बाँकी काम सकेर पहिलो तल्लाको काम शुरु भएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।

हालसम्म करीव ४५ प्रतिशत काम पूरा भएको उहाँको भनाई छ । तीन तले दरवार पुननिर्माणको म्याद आगामी मंसीर मसान्तसम्म थप भएको छ । पहिलो पटक थपिएको म्यादमा समेत पुननिर्माणको काम पूरा नभएपछि दोस्रो पटक म्याद थप भएको हो । ठेक्का सम्झौता अनुसार गोरखा दरवार पुननिर्माणको काम २०७६ सालको मंसीर मसान्तसम्ममा सकिनु पर्ने थियो । तर निर्धारित अवधीमा पुननिर्माणको करीव ३५ प्रतिशत मात्रै काम भएपछि पुरातत्व विभागले पहिलो पटक ६ महिनाको म्याद थप गरेको थियो ।

गत पुष ४ गतेको विभागीय निर्णय अनुसार निर्माण ब्यवसायीलाई जेठ मसान्तसम्मको म्याद दिइएको थियो । तर सो अवधीमा कोरोना संक्रमण, लकडाउन लगायतका कारण दरवार पुननिर्माणको काम अघि बढ्न सकेको थिएन ।सार्वजनिक खरिद ऐन र नियमावली अनुसार पुरातत्व विभागले बढीमा ६ महिनासम्म मात्रै म्याद थप्न पाउने भएकाले दोस्रो पटकको म्याद थपको निर्णय भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले गरेको हो ।

प्राधिकरणको जेठ २९ गतेको सचिवस्तरीय निर्णय अनुसार आगामी मंसीर मसान्तसम्म म्याद थप भएको हो । प्राधिकरणले पुननिर्माणका लागि अन्तिम पटक म्याद थप भएको पनि बताएको छ । सार्वजनिक खरीद नियमावली २०६४ को नियम १ शय २० को उपनियम ४ मा भएको प्रावधान अनुसार २०७७ मंसीर मसान्तसम्ममा पुननिर्माणको काम सक्ने गरि अन्तिम पटक म्याद थपको निर्णय भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।

हाल गोरखा दरवार पुननिर्माणको करीव ४५ प्रतिशत काम पूरा भएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको गोरखा दरवार पुननिर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुननिर्माणका लागि ठेकेदार कम्पनीसँग ४ करोड ३७ लाख रुपैयामा ठेक्का सम्झौता भएको थियो ।