२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

थप ११ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३७१ पुग्यो

२०७७ भाद्र ३० मङ्गलबार
थप ११ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३७१ पुग्यो

३० भदौ,काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीमा १, सिरहामा १, बारामा २, काठमाडौँमा ४, मकवानपुरमा १, रुपन्देहीमा १ र कपिवस्तुमा १ गरी ११ जना छन् । सङ्क्रमितहरुको मृत्यु हुने प्रतिशत ०.६५ पुगेको छ । मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३७१ पुगेको छ ।