२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

आईपीएल खेल्न सन्दीप लामिछाने यूएईतर्फ लागे

२०७७ भाद्र २८ आइतबार
आईपीएल खेल्न सन्दीप लामिछाने यूएईतर्फ लागे

२८ भदौ, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लागेका छन् । उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर यूएई उडेका हुन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गाएको उनका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका हुन् । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।