२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

थप १२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२०७७ भाद्र २७ शनिवार
थप १२०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।

यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १४ जनाको मृत्यु भएको छ।