२०७७ असोज १० शनिवार १२ : २२ : ४०

भक्तपुरको मध्यपुर थिमीमा घरभित्र ३ जना मृत फेला

२०७७ भाद्र २६ शुक्रबार
भक्तपुरको मध्यपुर थिमीमा घरभित्र ३ जना मृत फेला

२६ भदौ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् । यद्यपि भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको जानकारी दिए ।