२०७७ असोज १० शनिवार १२ : २२ : ४०

मौलिकताको नाममा छाडापन मौलायो : जय देवकोटा

२०७७ भाद्र २० शनिवार
मौलिकताको नाममा छाडापन मौलायो : जय देवकोटा

साढे एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षशील, रुकुममा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउनु भएको गायक जय देवकोटाले हालसम्म ४ सय भन्दा बढी गीत गाईसक्नु भएको छ । ‘जीवन भयो उराठ बगर’ बोलको गीति एल्बमबाट नेपाली संगीगमा पाइला राख्नुभएको थियो । निक्खर झ्याउरे, टप्पा, कौडा, रोइला जस्ता लोकभाकामा स्वर भरेका गायक देवकोटा सिजन अनुसार तीज र दशै तिहारका गीतमा निकै छाउने गर्नु भएको छ । पछिल्लो समय ‘पीरति नलाम मोया’ र ‘मुटुनै विझाउने’ गीतबाट स्रोता माझ चर्चामा रहुन भएका गायक जय देवकोटा सँग सुस्मिता न्यौपानेले लिनुभएको अन्र्तर्वाता ः

१) तपाईंको लकडाउनको केही अनुभव बताई दिनुहुन्छ कि ?

लकडाउनले यो बर्षका सबै काम अबरुद्ध बनाई दियो । धेरै कुरा मा गारो बनाएको छ । लगभग काम नगरेको नि ६ महिना भयो । गीत सङीत पनि सोचेजस्तो दिन सकिएको छैन । सबै काम रोकिएको छ । घर मा बस्दा बस्दा दिक्क त लाग्छ लागेपनी आफू बाच्न र अरुलाइ बचाउनको लागि सबैले सरकारले लाएको नियम पालना गर्नै पर्छ । लकडाउन सुरु भएदेखिको तीन महिना त मेरो घर रुकुममा परिवार सङ बिताए । कामको व्यस्तताले परिवारलाई समय दिन पाइदैन थियो लकडाउनले परिवारसँग रमाउने राम्रो अवसर पनि प्रदान गरिदियो । लामो समय पछि परिवारसँग बिताएको पल चाहिँ मेरो लागि अति उतम भयो ।

२) पछिल्लो समय गित संगितमा विकृति बढ्दै गईरहेको छ । गित संगितमा विकृति रोक्नमा युवाहरूको कस्तो भूमिका हुनु पर्छ ?

म यौटा मौलिकतामा रमाउने मौलिक गीत बनाउने मान्छे हुँ । त्यसैले बिकृतीको बारेमा बोलिरहेको हुन्छु । दर्शकले नै छाडा र बिकृती ल्याउने गीतहरुलाई बढि हेरिदिनु हुन्छ । कमै मान्छेले मौलिकता चाहनु हुन्छ । सबै भन्दा पहिलो कुरा अपाच्य गीतलाई नहेरिदिए बिकृती आफै रोकिन्छ । गीत संगितमा विकृति कम गर्न युवा पुस्ताले मौलिकताका बारे राम्रो ज्ञान राख्न जरुरी छ ।

३) देश विकासमा युवाको सहभागीता धेरै कम छ । तपाईंको विचारमा युवाको सहभागीता बढाउन सरकारले कस्तो नीति अपनाउनु पर्छ ?

नेपाल सरकारले युवा लक्षित रोजगार कार्यक्रम नल्याएका कारण लाखौ युवा कामको खोजि, शिक्षाको शिलशिलामा बिदेश पलायन हुनुभएको छ । देशमा बुढा हुनुभएका बाआमा र केटाकेटी मात्रै छन् । जसको कारणले देशमा विकासका काम सुस्त गतिमा छन् । देशमा भएको रोजगारले खाना नै पुग्दैन । नेपाल सरकारले युवाको क्षमता अनुसारको रोजगार र काम अनुसारको ज्याला दिने व्यवस्था गर्नु पर्छ । देशमै रोजगार पाए कोहि बिदेश जानेछैन र देश विकासमा युवा सहभागिता आफै बढ्ने छ ।

४) अहिले देश माहामारीसँग लडिरहेको छ । यस्तो परिस्थितिमा युवाको भूमिका कस्तो हुनुपर्छ ?

यहि तरिकाले बन्दको सामना गरिरहने हो भने धेरै मान्छे बेरोजगार र खान लाउन नपुग्ने स्थितिमा जानेछ्न् । धेरैले ऋणको भारी बोकिसकेका छ्न् । अब युवाहरुले पनि यो समयमा त के गर्न सकिन्छ र आफ्नो घर, परिवार छरछिमेकमा सकारात्मक काम र सुरक्षित राख्न जनचेतना मुलक कार्यक्रम अयोजना गरेर महत्वपूर्ण भुमिका खेल्नु पर्दछ ।

५) नेपाली राजनीतिमा युवाको सहभागीता कमै छ । तपाईंको विचारमा राजनीतिमा युवा पुस्ताको सहभागीता आवश्कता छ कि छैन ?

नेपालमा युवाहरुले राजनितीमा कुनै ठूलो मौका नै पाउदैन । युवालाई अगाडि बढ्नै दिइदैन जस्तो लाग्छ । त्यसैले युवाको भुमिका कम भयको हो । अहिले राजनीतिमा नेतृत्व गरि रहनु भएको पाखा पुस्ताले गर्नुभएको काम हेर्दा राजनीतिमा नयाँ शिक्षित युवा पुस्ताको सहभागिता हुन जरुरी छ ।

६) पछिल्लो समय हजारौं युवा कामको, शिक्षाको शिलशिलामा विदेशीएका छन् । युवा पुस्तालाई नेपालमै रोक्न सरकारले कस्तो नीति अपनाउनु पर्छ ?

पहिलो कुरा त देशले राम्रो नेतृत्व पाउनु पर्यो । देश बिकास हुनु पर्यो अनि देशमै कलकारखाना खोलेर युवालाई रोजगार, श्रम सँग जोडिएको प्राविधिक शिक्षा दिनु पर्छ । देशमै भएका स्रोत र साधनको उपयोग गराउन शिक्षित युवालाई अवसर प्रदान गर्नु पर्छ ।

७) सांगीतिक क्षेत्रमा आउन चाहने नयाँ युवा पुस्तालाई के भन्न चाहानुहुन्छ ?

गीत संगीतलाई बुझेर आउनुहोस् , पैसा मात्रै फसाउने काम नगर्नुहोस भन्न चाहान्छु ।

८) अन्त्यमा मैले सोध्न छुटाएका र तपाईंलाई भन्न मन लागेका कुराहरू केही छन् भने राख्न सक्नु हुन्छ ?

सबैले मेरो गीत सङीतलाई माया गरिदिनुहोला र सम्पुर्ण दर्शक श्रोतालाई हृदय देखि नै आभार व्यक्त गर्दछु ।

 

 

कोरोना भाइरसको खोप बनेपछि नेपालमा आउन कति समय लाग्ला ?  यो भिडियो हेर्नुहोस् ।