२०७७ असोज ११ आइतबार १२ : २२ : ४०

लकडाउन र निषेधाज्ञा नै महामारी समाधान को उपाय हो त ?

२०७७ भाद्र १३ शनिवार
लकडाउन र निषेधाज्ञा नै महामारी समाधान को उपाय हो त ?

सन्तोष पन्त
चितवन
१३ भदौ । चिनको उहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस हाल विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएर महामारीको रुप लिएको छ । कोरोना भाइरस हाल देखा परेको महामारी हो भने विश्वमा भएका सम्पूर्ण देशले यो भन्दा अघि कोरोना भाइरस भन्दा धेरै ठुला भयानक महामारीको सामना गरेका थिए । विश्वमा यस्ता महामारी देखा परिहरन्छन् र सामना पनि गर्नु पर्छ । के सधै भरी लकडाउन र निषेधाज्ञा नै महामारी अन्त्य हुने समाधान को उपाय हो त ? भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

१९८० मा Congo बाट फैलियको HIV भाईंरस विश्वभरी महामारीकै रुपमा फैलियो र अझै यथावत नै छ । एक तथ्यका अनुसार करीब ४ करोड़ मानिसको ज्यान लगिसक्यो भने अहिले पनि संसार भर करीब ७ करोड़ मानिस यसबाट संक्रमित छन । यो रोग पनि संसारभर फैलिएको छ । कोरोना भाइरस भन्दा खतनारक यो भाइरसलाई त्रासको रुपमा फैलाईयन । एचआइबि रोगलाई जनस्तरमा क्रास फैलन नदिने हेतुले यसबाट बच्ने उपाय बारे जनमासमा जानकारी दीईयो र सजक बनाइयो । सार्वजनीक देखी निजी क्षेत्र, मानिसको भीड़मा हुने ठाउँ सरकारी देखी निजी क्षेत्र सम्म यसको रोकथाम, न्यूनीकरण र पहिचानका बारे जनचेतनामूल प्रचा देखी न्यूनीकरणका साधन फ्रिमा (कण्डम,लूप तथा अन्य) राखियो । जनचेतना मूलक कर्यक्रम विश्वभर चलाइयो, स्कुल देखी विश्व विद्यालयसम्मका पाठ्यक्रममा यसका बारे पढाईयो, सचेत बनाइयो । कालान्तरमा सबै यसका जानकार भए र अहिले सबै पुस्ता यस रोगबाट सचेत पनि छन् । त्यस पछि पनि विश्वमा अनेकौ नाममा अनेकौ रोग, महामारि देखा परे । विश्वमा देखा परेका अरु महामारी कोरोना भाइरस भन्दा फरक होला तर हामीले न्यूनीकरण र रोकथाममा यस्ता माहमारीबाट पनि पाठ सिक्न सक्छौ नि !

कोरोना भाइरसलाई सुरूवाती अवस्था देखी ठुला तथा विकसीत देशहरुले त्रास र भयको रुपमा चिनाए । त्यसको परिणाम स्वरूप आज नेपाल जस्ता साना र गरीब देश कोरोना संग लड्ने भन्दा भाग्ने, डराउने भएका छन् । कोरोना भाइरस फैलिएको सुरुवाती दिनहरुमा हजारौ मानिसको ज्यान गएको र लाखौका संख्यामा संक्रमित भएका विकसीत देशले आज काभिड १९ लाई सामान्य भाइरसको रुपमा लागि सकेका छन् । किनकी विकसित देशले कोरोना भाइरसलाई त्रासको रुपमा नभई साबधानिको साथ बच्न र जोगिन जनस्तरमा जनमुखी कर्यक्रम र प्याकेज ल्यायका छन र जनता पनि आफु सचेत र सजक भएका छन् ।

बिगतका केहि महामारीको अध्ययन गरि, विकसित देशबाट पाठ सिक्दै नेपाल सरकारले पनि कोरोना भाइरस बारे जनस्तरमा जनचेतनामूलक कार्यक्रम गर्न जरूरी छ । सरकारले गाउ गाउमा , बस्ती बस्तीमा, सार्वजनीक ठाउँ देखी निजी क्षेत्रसम्म फ्रिमा कोभिड १९ बाट सुरक्षित रहने साधन (माक्स, पंजा,सेनिटाइजर आदि) बाढ्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरूरी छ । स्कूल देखी बिश्वविद्यालय सम्मको पाठ्य क्रममैं कोरोना भाइरस जस्ता रोगबाट कसरी बच्ने भन्ने साबधानीको बारे समासेस गर्न जरूरी देखिन्छ ताकि आगामी पिडिले सुरुवात देखि नै कोरोना भाइरसबाछ जोगिने उपायका बारे ज्ञान हासिल गरुन् । सधै लकडाउन र निषेधाज्ञ भनी रहने हो भने देशले अर्थतन्त्र, शिक्षा देखि विकासका काममा ठूलो क्षति व्यहोर्नु पर्ने छ । जनतामा भोकमरी फैलिने छ र भोकमरीका कारण अर्को दर्दनाक अवस्था नआला भन्न सकीदैन । त्यसैले सरकारले उत्कृष्ट कार्ययोजना लाएर जनस्थरमा इमान्दारिका साथ पालना गराउन आवश्यक छ ।