२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण

२०७७ श्रावाण १९ सोमबार
सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण

१९ साउन, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाका ५२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौंका ४४, ललितपुरका ३ र भक्तपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

आइतबार उपत्यकामा ३१ जना व्यक्तिमा संक्रमण देखिएको थियो । आज देशभर भने ४ सय १८ जना संक्रमित थपिएका छन् ।