२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

मेलम्ची पहिरो अपडेट : सात जनाको शव भेटियो, १ जना अझै बेपत्ता

२०७७ श्रावाण १९ सोमबार
मेलम्ची पहिरो अपडेट : सात जनाको शव भेटियो, १ जना अझै बेपत्ता

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार राति आएको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ।

मेलम्ची नगरपालिका-११ का वडाध्यक्ष रूद्रप्रसाद दुलालका अनुसार सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको हो। मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेको वडाध्यक्षले जानकारी दिए ।

प्रदेश सरकारले बनाउन लागेको कभर्ड हल निर्माणका लागि उनीहरु मेलम्ची आएका थिए । निर्माणाधीन कभर्डहलको छेउमा उनीहरू बस्ने गरेका थिए।

पहिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उद्धार गरेका थिए। प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको थियो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

ठाउँ-ठाउँमा रोड भत्किएकाले एम्बुलेन्स आउन सकेको छैन ।