२०७७ असोज ९ शुक्रबार १२ : २२ : ४०

माइतीघरमा प्रदर्शन: कुर्सिमुनि कार्पेट कार्पेट मुनि जनता ? (फोटोफिचर)

२०७७ जेठ ३१ शनिवार
माइतीघरमा प्रदर्शन: कुर्सिमुनि कार्पेट कार्पेट मुनि जनता ? (फोटोफिचर)

३१ जेठ, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको प्रभावकारी कदम नभएको भन्दै शनिबार पनि माइतीघर मण्डलमा विरोध प्रदर्शन भयो।

सरकारले आरडिटी परीक्षण रोकेर १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने र कोरोना नियन्त्रणमा भएको दश अर्ब खर्च विवरण सार्वजनिक गर्नुपर्ने मागसहित नागरिकस्तरबाट विरोध हुँदै आएको छ।

माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।

माइतीघरमा प्रदर्शन भइरहेका बेला सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म भएका खर्चका विवरण सार्वजनिक गरेको थियो।

प्रदर्शन शान्तिपूर्ण छ । सो क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एक जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ ।