गायक बन्ने सपनाले काठमाडौँ छिरेका हाँस्यकलाकार पवन खतिवडा (म्याकुरी) : भिडियो अन्तर्वार्ता
मलाई सरकारले उठाएर लगेर सिधै अधिकृतको पद दिए पनि मा सरकारी जागिर चाहिँ मरे नि खान्न

म्याकुरी थेगोबाट एकाएक चर्चामा आएका पवन खतिवडा लाई अहिले धेरैले यही नामले चिन्ने गर्दछन् । उनलाई यो थेगोले एउटा पात्र नै बनाईदियो । आज भन्दा डेढ वर्ष अगाडी गायक बन्ने सपनाले धनकुटाबाट काठमाडौँ छिरेका उनि यति छोटो समयमा नै एक चर्चित हाँस्यकलाकारबाट परिचित भए ।
१ ) तपाईलाई त धेरैले पवन भन्दा पनि म्याकुरी भनेर चिन्दछन् नि ?
होइन मैले गरेको कामको आधारमा मलाई जसरी चिन्दा पनि हुन्छ , पहिले पवन खतिवडा गित गाउने भनेर चिन्नुहुन्थो, रेडियोमा काम गरे रेडियोमा बोल्ने पवन भनेर चिन्नुहुन्थो र अहिले म्याकुरी भनेर चिन्नुहुन्छ, जसरी चिने पनि मेरो पहिचान नै हो जस्तो लाग्छ ।
२ ) पवन खतिवडा र म्याकुरी बीच फरक के छ ?
पवन त मेरो नाम नै हो तर म्याकुरी भनेको चाहिँ एउटा थेगो हो । यो थेगो चाहिँ अचानक भिडियो बनाउदा बनाउदै निस्किएको शब्द हो, यो मैले बोल्छु भनेर बोलेको पनि होइन र कसरी आयो भन्ने नै थाहा छैन मलाई नै तर एक्कासी मानिसहरुले यसलाई मार्क गरिदिनु भयो र धेरैले मन पराउनु भयो र यसलाई निरन्तरता दिएको मात्र हो ।
३ ) यति छोटो समयमा नै धेरैले मानिसहरु चिने नि तपाइलाई ?
तेही त विश्वास नै लागेको छैन, मैले त सोचेको पनि थिईन यति धेरै मानिसहरुले मन पराउनु हुन्छ भनेर , मलाई अझै पनि अचम्म लाग्छ । किनकि आज भन्दा डेढ वर्ष अगाडी सम्म म आफैले कमेडी गर्छु भनेर सोचेको सम्म पनि थिईन । तर मेरो पहिले देखि नै साथीहरु संग ठट्टा गर्ने बानि, जो संग पनि खुलेर बोल्ने बानि रमाइलो गर्ने बानिले नै आज कमेडीयन भए जस्तो लाग्छ ।
४ ) धनकुटा बाट काठमाडौँ गायक बन्न आउनु भएको तर कसरी हाँस्य क्षेत्रमा लाग्नु भयो ?
काठमाडौँ आएको ४-५ महिना सम्म पुतलीसडकमा संगीत सिक्दै थिए , त्यहा आफूभन्दा धेरै नै प्रतिभाशाली पो मानिसहरु देखे, जो सांगेतिक क्षेत्रमा धेरै समय देखि कोसिस गरेको तर अझै पनि सफल नभएको देख्दा म त झन् केहि होइन लाग्यो, डिप्रेसन नै होला जस्तो भयो नि, काठमाडौँ सिंगर बन्न छिरेको कसिंगर भैयो । हालत खराब भन्ने टेलिसिरियल बाट कमेडी सुरु गरेको हो मैले, तर pk vines बाट चाहिँ मेरो जिन्दगीमा टर्निङ्ग पोइन्ट आयो ।
५ ) pk vines कसरी सुरु गर्नु भयो ?
एक जना साथी सरोज घिमिरे र मैले बनाएको हो । पहिले थोरै भिडियो हालिन्थ्यो , अनि मैले इंडियाको केहि चर्चित vines हरु हेरे, त्यसपछि मैले यो vines हरुको बारेमा खोज्न थाले , त्यसै बेला अप्रिल फुल आउन लागेको थियो अनि मैले लेजेड़को अप्रिल फुल भन्ने २ मिनेटको भिडियो बनाए जुन यस्तो भाईराल भयो कि करोडौ भिउज र हजारौ सेयर भयो अनि त्यसपछि pk vines निरन्तरता पायो ।
६ ) गित गाउनु भयो, निकाल्नु पनि भयो होइन ?
म त्यस्तो राम्रो गित गाउने चाहिँ होइन, तर जे भए पनि आफ्नो पहिले देखिको सपना अपुरो नहोस भनेर ।
७) अझै गायक भन्ने सपना छ कि होइन अब चाहिँ म जन्मेको कमेडी गर्नकै लागि हो, अब हाँस्यविधालाई मात्र अगाडी लाग्छु भन्ने छ कि के छ ?
होइन मलाई त म संगीतको लागि नै जन्मेको जस्तो लाग्थ्यो, तर कमेडी को सेन्सर हिउमर म मा रहेछ क्यार, मेरो ममी पनि गित गाउनु हुन्थ्यो त्यहि गुण म मा सरेको हुनुपर्छ सायद त्यसैले अझै पनि आश मरेको छैन ।
८) घर परिवारले चाहिँ यो क्षेत्रमा कतिको सपोर्ट गर्नु भएको छ ?
मेरो बुवाको को त सरकारी जागिर खाएको हेर्ने चाहना छ तर मलाई सरकारी जागिर मन नै पर्दैन, त्यसैले अस्ति रिस नै उठ्यो अनि घर मा भन्दिए ” मलाई सरकारले उठाएर लगेर सिधै अधिकृतको पद दिए पनि मा सरकारी जागिर चाहिँ मरे नि खान्न भनेर ।
९) महिनामा कति कमाई गर्नु हुन्छ ?
मलाई पुग्ने छ ज होस् , ५० – ६० जति हुन्छ, जे होस् मलाई पुगेको छ ।
१०) नेपाली हाँस्यक्षेत्रमा मन पर्ने हाँस्यकलाकार को हो तपाईलाई ?
मलाई क्षमतावान कलाकारमा चाहिँ माग्ने बुडो ( केदार घिमिरे ) लाग्छ किनकि उहाले चाहिँ कमेडी पढ्नु हुदोरहिछ, कमेडी सम्बन्धि धेरै किताब हरु पनि पढ्ने अझै पनि कमेडीमा धेरै नयाँ कुरा लिएर आउनको लागि धेरै नै कोसिस गर्नु हुन्छ ।
११) नेपालको राजनीतिक क्षेत्रको कुन चाहिँ नेता मन पर्छ ?
मलाई त मुकुन्दे मन पर्छ, एकदम राम्रो मान्छे तर पिडित मान्छे यार, बिहे पनि भएको छैन, कहिले कहिँ त आफ्नै गर्लफ्रेन्ड दान गरु जस्तो लाग्छ । तर केहि नेता संग काम गर्नु पर्यो भने चाहिँ मलाई शेर बहादुर संग फिल्म खेल्न मन छ किनकि, उहाले भनेको बुझिदैन अनि म अगाडी जान्थे कि !
१२) अन्तिममा तपाईलाई फलो गर्ने र जसलाई पवन खतिवडा जस्तै बन्न मन छ, उहाहरुलाई चाहिँ क भन्न चाहनुहुन्छ ?
म के भन्छु भने गर्नु हुन्छ भने नयाँ काम गर्नुहोस्, कि पुरानो कामलाई नयाँ तरिकाले गर्नुहोस, कि गर्दै नगर्नुहोस । मैले भन्न खोजेको केहि नयाँ चिज खोज्ने प्रयास गर्नुहोस् ।