२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

पर्सामामा आज पनि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

२०७७ श्रावाण १७ शनिवार
पर्सामामा आज पनि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
१७ साउन, वीरगञ्ज । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो । निमोनिया पीडित उक्त महिला यही साउन १४ गते नारायणी बायोधा अस्पतालमा भर्ना भएकी थिइन् । तर, उपचारको क्रममा साउन १७ गते (आज, शनिबार) साँझ ६ बजे उनको मृत्यु भएको हो । शुक्रबार राति सोही अस्पतालमा उपचाररत ५० बर्षीया संक्रमित एक महिलाको पनि मृत्यु भएको थियो । नको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । र, शुक्रबार राति रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।