२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७७ श्रावाण १७ शनिवार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१७ साउन, काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको हो ।

नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।