२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार थपिए तीन सय १५ जना

२०७७ श्रावाण १७ शनिवार
संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार थपिए तीन सय १५ जना

१७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २० हजार नाघेको छ ।

देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए ।

अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।

कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।