२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

कोरोना झन् खतरनाक बन्दै, देशमा फेरि लकडाउन संकेत

२०७७ श्रावाण १७ शनिवार
कोरोना झन् खतरनाक बन्दै, देशमा  फेरि लकडाउन संकेत

१७ साउन, काठमाडौं । देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको हो । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको बताउँदै आएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले कोरोना समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ । स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ ।

७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव लाने तयारी बढेको स्रोतले जानकारी दिएको छ ।