२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

१३ लाख घुससहित समातिए तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत

२०७७ श्रावाण १७ शनिवार
१३ लाख घुससहित समातिए तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत

१७ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३ लाख २४ हजार ४६ गरी कूल १४ लाख ४८ हजार ७९६ रुपैयाँ बराबरको रकमसहित पक्राउ गरेको हो ।

उपाध्याय स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।