२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

गोरखामा खोलाले बगाउँदा ३ वर्षकी बालिकाको मृत्यु

२०७७ श्रावाण १७ शनिवार
गोरखामा खोलाले बगाउँदा ३ वर्षकी बालिकाको मृत्यु

१७ साउन, गोरखा । ज्यादूल खोलाले बगाउँदा ३ वर्षकी बालिकाको मृत्यु भएको छ ।

भिमसेनथापा गाऊँपालिका वडा नम्वर ६ का अशोक तिवारी र निर्मला तिवारीकी ३ वर्षकी छोरी अमिसा तिवारीको मृत्यु भएको स्थानीय बासिन्दा राजु श्रेष्ठले बताउनुभयो ।

शुक्रवार साँझ साढे ५ वजेतिर हराएकी बालिकाको खोजी गर्ने क्रममा घर नजिकैको ज्यादूल खोला किनारमा राति १२ वजेतिर शव फेला परेको उहाँले जानकारी दिनुभयो ।

स्रोत: Choice fm