२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

मानवीय त्रुटिका कारण चितवन कुसुम खोलाका चेपाङका घर जलेः मन्त्री बस्नेत

२०७७ श्रावाण १४ बुधबार
मानवीय त्रुटिका कारण चितवन कुसुम खोलाका चेपाङका घर जलेः मन्त्री बस्नेत

१४ साउन, काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटिका कारण चितवन कुसुम खोलाका चेपाङको घरमा आगलागी भएको बताएका छन् ।

बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले मानवीय त्रुटिले घर जलेको बताए ।

मन्त्री बस्‍नेतले वन मन्त्रालयले यस घटना छानबिन गर्न गठन गरेको समितिको प्रतिवेदन आइनसकेको पनि समितिलाई जानकारी दिए ।

बस्नेतले निकुञ्जका कर्मचारीले चेपाङ बस्तीमा आगो लगाउने र हात्ती लगाएर भत्काउने काम दुःखद् र अनुपयुक्त भएको बताए ।