२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

साेमबार १३९ कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

२०७७ श्रावाण १२ सोमबार
साेमबार १३९ कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

१२ साउन, काठमाडौं । देशभरिमा गत चौबीस घण्टामा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ।

अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त भएका छन्।