२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

गजल

२०७७ श्रावाण ८ बिहीबार
गजल

रमेश रसिक

यो संसारमा खुशी भएर जिउन कसलाई रहर लाग्दैन?
एक जसलाई आफ्नै जन्म दिने आमाको भर लाग्दैन।

ठूलो महल छ,बगैँचा छ,छन् त्यहाँ असंख्यौ सुबिधाहरू
मनमा शान्ती छैन,खुशी छैन बङ्गाला नि त घर लाग्दैन।

जिन्दगीमा दु:ख हुनुपर्छ पीडा पनि हुनुपर्छ कैलेकैले
एउटै रङ्गले मात्र सजिएको चित्र हेर्नुस् सुन्दर लाग्दैन।

तिमीलाई देखेपछी नै यो मनको छट्पटी बढेको हो
सोचीरहेछु यस्तो उपाय जस्ले अरूको नजर लाग्दैन।

जुन दिनदेखि तिम्रो त्यो प्रेमको सुगन्ध महसुश गरियो
संसारका कुनै पनि अत्तर किन हो किन अत्तर लाग्दैन।