२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

गठेमङ्गल पर्व

२०७७ श्रावाण ४ आइतबार
गठेमङ्गल पर्व

ललित न्यौपाने

४ साउन । गठेमङ्गललाई नेवारी भाषामा गथामुगः पनि भनिन्छ । यसै शब्दबाट अपभ्रंस हुँदै नेपालीमा गठेमङ्गल अर्थात् घन्टाकर्ण भएको बताइएको छ । रोपाइँपछिको पहिलो चाड गठेमङ्गल नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे ठड्याइ बनाउँछ्न् । यस दिनमा चोकचोकमा राक्षसहरु र भूतप्रेत आत्माहरुका लागि दुनाटपरीमा भात अनि खानेकुराहरु राख्ने गरिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजापाठ गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो र विभिन्न तन्त्रमन्त्रबाट समेत जोगिने विश्वास गरिन्छ । साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाइ केटाकेटीहरुले घन्टाकर्णको जगात दे भन्दै बटुवाहरुसँग जगात अर्थात् कर माग्ने परम्परा रहेको मानिएको छ ।

गोपाल वंश तथा लिच्छविकाल देखि नै इतिहास बोकेको यो ऐतिहासिक गठेमङ्गल पर्वमा घन्टाकर्ण भन्ने अजङ्गको राक्षसको मृत्युलाई सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपश्चात् डर र भयबाट मुक्त भएको सम्झना गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भगवान् शिवका उदण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा चाहिँ भैरवको दुतका रूपमा लिने गरेको पाइन्छ ।

यस दिनमा गठेमङ्गलको औंठिका रूपमा धातुको औंठि लगाउने चलन छ । सम्पूर्ण नराम्रा शक्तिहरु र दुर्भाग्यलाई गठेमङ्गलको औंठिले सुरक्षा दिन्छ भन्ने जनविश्वास रहेको छ । महिलाहरु हातमा मेहन्दी लगाउने र स(साना नानीले आफुले खेल्ने पुतलीहरु औंठिमा छुवाइ घर लिने गर्दछ्न् भने कसैले गठेमङ्गलमा नै झुन्ड्याइ पनि राख्ने गर्दछ्न् । घाम अस्ताएपछि कुनै एक चण्डालको हातमा छ्वालीको चिराग समाप्त गर्न लगाई नजिकको नदिमा विसर्जन गर्ने परम्परा छ ।

त्यसपछि टोलका मानिसहरू आ-आफ्ना घरबाट माटाको पालामा चिउराको ढुटो, कठ(जाँडको छोक्रा), राँगाको फोक्सोको टुक्रा, रगत, लसुन, छ्यापी र एउटा सिङगै काचो अण्डा राखी चिकंधाला बछा, कचा र बौ स्वाँ ९फुलका प्रकारहरु०ले सिङ्गारेर बौ राखी भूत पन्छाउने गर्दछन् । त्यसरी भूत पन्छाउन लिनुअधि सबै सदस्य बसेर लसुन, छ्यापीका साथै समेबजी९चिउरा०, पोलेको मासु, भुटेको भटमास, अदुवा जाँडरक्सी खाने परम्परा छ । मौन रहेर बौ राखेपछि घरको मूल ढोकाको फेदमा तीनखुट्टे किला ठोक्ने गरिन्छ । गठेमङ्गलदेखि क्रमशः नागपञ्चमी, गाईजात्रा, इन्द्रजात्रा, पञ्चदान, दशैँ, तिहार आदि जस्ता चाडपर्वहरु लहरै आउने गर्दछ्न् ।