२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

स्वास्थ्यकर्मीहरू एकजुट हुनेबेला आएको छ

२०७७ असार २७ शनिवार
स्वास्थ्यकर्मीहरू एकजुट हुनेबेला आएको छ

युवा चिकित्सक
२७ असार । नेपालमा केही वर्षयता स्वास्थ्यकर्मीहरुको उत्पादन उल्लेख्य संख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्यकर्मीहरुको वृद्धि सँगै विभिन्न ठाउँमा निजी स्वास्थ्य संस्थाहरु पनि निमार्ण भइरहेका छन् । निजी स्वास्थ्य संस्थाको नाफा कमाउने उद्देश्यको चपेटामा कयौ स्वास्थ्यकर्मीहरु परिरहेका छन् । यहि क्रममा केही समय देखि नेपालमा स्वास्थ्य संस्था र सेवाग्राहीबीचको द्वन्द्व र स्वास्थ्यकर्मी माथि दुव्र्यवहारका घटनाहरु निकै बढिरहेका छन् । यसरी दुव्र्यवहारका घटनाहरु बढी रहँदा एमबिबिएस पढाइ सकेर बसेका विद्यार्थीहरुमा निराशा छाएको छ । स्वास्थ्यकर्मी माथि हुने भौतिक आक्रमण वा तोडफोडलाई मात्र समस्याका रुपमा हेर्दा अन्याय पूर्ण हुन्छ । सेवाग्राहीहरुले मात्र नभई स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्थाहरुले पनि अन्याय पूर्ण व्यवहार गरेका छन् । रातदिन नभनी २४ घण्टा काम गर्दा पनि स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीहरुको कामको मूल्याङकन राम्रो सँग गर्दैनन्, समयमा तलब उपलब्ध गराउदैनन्, उपलब्ध गराए पनि पुग्ने तलब दिदैनन्, काममा सुरक्षाको उचित व्यवस्थापन हुँदैन । जसले गर्दा काममा स्वास्थ्यकर्मीहरुको मनोबल घटिरहेको छ । सरकार र स्वास्थ्यकर्मीहरुको हकहितका लागी खुलेका विभिन्न संस्थाहरु, नैराश्यताले भरिपूर्ण हजारौं स्वास्थ्यकर्मीहरुको कहाली लाग्दो अवस्थाको मुकदर्शक बनेका छन् । उत्साहित गर्नु पर्ने अवस्थामा निराशा थपि दिएका छन् ।

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भइरहेको छ । कोरोना भाइरस रोकथामको युद्धमा स्वास्थ्यकर्मीहरु लडिरहेका छन् । लकडाउनकै समयमा देशका विभिन्न ठाउँमा कार्यरत स्वास्थ्यकर्मीहरुले कुटपिट जस्ता दुव्र्यवहार व्यहोर्नु पर्यो । यति मात्र नभई देशमा रहेका थुप्रै निजी स्वास्थ संस्थाहरुले स्वास्थ्यकर्मीहरुको तलब कटौती गरि दिएका छन् । कम तलबमा काम गरि रहेका स्वास्थ्यकर्मीहरु मर्कामा परेका छन् । स्वास्थ्यकर्मीहरुको कुनै निजी जिवन हुदैन र ? स्वास्थ्यकर्मीहरुले के परिवार हेर्नु पर्दैन र ? भन्ने प्रश्न खडा भएको छ । अब यसको जवाफ कसले दिन्छ ?

बारम्बर स्वास्थ्यकर्मीहरु दुव्र्यवहारमा पर्नु, समयमै तलब नपाउनु, तलब कटौति हुनु, पिजीको नाममा ४र५ वर्षसम्म निराश भएर घरमा थन्किनु पर्ने समस्याहरुले स्वास्थ्यकर्मीहरुमा निराशाले सिमा नाघि सकेको छ । काम गर्न मन नलाग्ने निराशजनक अवस्था सिर्जना भएको छ । यस्ता समस्याहरुको समाधानका लागि सरकार र सम्बन्धित निकायलाई पहल गर्दा, आग्रह गर्दा पनि सुनुवाइ नहुनु दुखको कुरा हो । स्वास्थ्यकर्मीका हक हितका कुरा गर्ने जिम्मेवार पदमा बसेका जिम्मेवार व्यक्तिहरुले नातावाद र कृपावादको निति अपनाएर हजारौ स्वास्थ्यकर्मीहरुको भविष्य माथि खेलवाड गरिरहेका छन् । यसरी निक्षित समूहलाई मात्र फाइदा पुग्ने गरि दुर्गामी निर्णय गरि कुचेष्टा गर्ने कामहरु भएको खण्डमा स्वास्थ्यकर्मीहरुको निराशाले सिमा पार गरि आक्रोसमा परिणत भइ नराम्रो परिणाम नआउला भन्न सकिन्न ।

हाल MO को रुपमा काम गरिरहेका, काम गरि थाकेर पिजीको तयारी गरिरहेका, तयारी गर्दा गर्दौ ४/५ वर्ष खेर फालि सकेका, रेजिडेन्सी गर्दै गरेका, इन्टर्न गर्दै गरेका र सम्पूर्ण मेडिकल विद्यार्थीहरुको आवाज, उनीहरुको भविष्य निर्धारणका लागी सम्पूर्ण स्वास्थ्यकर्मीहरु एकजुट हुने अवस्था आएको छ । उल्लेख्य संख्यामा रहेका स्वास्थ्यकर्मीहरु आवाज विहिन, पिडित, शोषित हुनु एकदमै पिडादायी हो ।

स्वास्थ्यकर्मीको लागि काम गर्छु भनेर माथिल्लो तहमा बसेर स्वास्थ्यकर्मीहरुको भविष्यको चिन्ता नगर्नु भनेको जिम्मेवार नहुनु हो । यसका पछाडी स्वाथ्यकर्मीहरु बीचको एकतामा कमी, आवाज बुलन्द पार्न नसक्नु, आफ्नो स्वार्थको लागि नेतृत्व तहमा रहेका नेतृत्वकर्ताको नराम्रो काम को समर्थन गर्नु, एक अर्कामा अविश्वासको कमी रहेको छ । स्वास्थ्यकर्मी माथि हुने दुव्र्यवहार, अत्याचार जस्ता समस्याको समाधानको लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा एकताको आवश्यकता देखिएको छ । स्वास्थ्यकर्मीहरुका हक हितको लागि खोलिएका सम्पूर्ण संघसंस्था एक ठाउँमा उभिनु पर्ने बेला आएको छ । अहिलेका स्वास्थ्यकर्मीहरुको भविष्य र अब आउने नयाँ पुस्ताका स्वाथ्यकर्मीहरुको समस्या समाधान गर्न एकजुट भएर हातेमालो गर्न अवस्था देखा परेको छ । स्वास्थ्यकमी माथि हुने दुव्र्यवहार, अत्याचारको विरुद्धमा कसैले आवाज नउठाएको अवस्थामा आफ्नो अधिकारका लागि बोल्न, आवाज उठाउन DVON/DCON जस्ता युवा चिकित्सकहरुको समूह एकसाथ उभिसकेको अवस्थामा अन्य समूहमा छरिएका स्वास्थकर्मी पनि एक साथ जुट्ने बेला आएको छ ।