२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

कृषि विषयको पढाई बाध्यता कि अवसर ?

२०७७ असार २६ शुक्रबार
कृषि विषयको पढाई बाध्यता कि अवसर ?

अहिलेको अवस्थामा हामीले भर्खर एस।ई।ई। दिएर बसेका विद्यार्थीलाई गएर तिमि अब के पढ्छौ त भनेर सोध्यौं भने धेरै जस्तो विद्यार्थीको जवाफ एउटा आउँछ र त्यो जवाफ हो साइन्स । अनि साइन्स पढेपछि के गर्ने भनेर सोध्दा उनीहरु भन्छन एम।बि।बि।एस।मा नाम निस्किए पढ्ने नभए ए।जी। छदै छ नि। यो कुराले हामीलाई छर्लङ्ग पार्छ कि कृषि विषयलाई विद्यार्थीहरुले एउटा विकल्पको रुपमा मात्र लिएका छन्। उनीहरु आफ्नो चाहनाले भन्दा पनि बाध्यताले यो विषय पढिरहेका छन्। जबसम्म यो विषय रहरले नभई बाध्यताले मात्र पढिन्छ तबसम्म यो देशको कृषि क्षेत्रमा रुपान्तरण, सुधार र कृषिक्रान्ति ल्याउन सकिदैन।

नेपालमा हाल चारओटा विश्वविद्यालयहरुमा त्रीवि, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पूर्वान्चल विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय० कृषि विषयको स्नातकोत्तरको तहको पढाई हुने गरेको छ। जसमध्ये सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा वन विज्ञान अधययन संस्था हो। हाल यस विश्वविद्यालयले आंगिक र प्राइभेट स्तरमा बि।एस।सि ए।जी। का कोर्षहरु पढाई भइरहेका छन। त्यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि यो विषयमा निकै लोकप्रियता पाइरहेको छ। वर्षेनी यी विश्वविद्यालयहरुले कृषि क्षेत्रमा काम गर्ने वा ज्ञान भएका विद्यर्थीहरुको उत्पादन गरिरहेका छन। यी विद्यार्थीहरुमा पनि लगभग ५०५ जति फेरी उच्च शिक्षा हासिल गर्नकै लागि विदेशिने गर्दछन् भने कोहि विद्यार्थी निजी, राष्ट्रिय संस्था र अंतर्राष्ट्रिय क्षेत्रमा सम्लग्न छन् ।

यी चारओटा विश्वविद्यालयबाट यति धेरै विध्यार्थीहरुको वर्षेनी उत्पादन भएतापनि नेपालमा कृषि प्राविधिक परामर्शदाता र कृषि उद्यमकर्मिको कमि हुनु भनेको एकदमै दुखदायी कुरा हो। यसमा राज्य पनि कहाँ चुकेको छ। राज्यले यी विद्यार्थीहरुलाई प्रयाप्त तालिमहरु प्रदान गर्न सकिरहेको छैन। त्यसैगरी अहिले विश्वविद्यालयहरुमा पनि निजी कलेज खोल्ने होडबाजी नै चलेको देखिन्छ। यस्ता होडबाजीले उनीहरुको शैक्षिक गुणस्तरलाई नै नहेरी धमाधम कलेज खोलिरहेका छन्। नेपालमा जबसम्म कृषि क्षेत्रमा विकास हुदैन तबसम्म यो देश सम्पन्नशाली हुन सक्दैन। देशलाई कृषि क्षेत्रमा सम्पन्न बनाउनका लागि हाम्रो विश्वविद्यालयहरु र संस्थाहरुले धेरै ठुलो भूमिका निर्वाहा गरेको हुन्छन्।

दक्ष कृषि जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरुले यति ठुलो भूमिका खेलेका हुन्छन् त्यसैले नै प्राविधिक शिक्षाको गुणस्तरलाई वेवास्ता गर्नु भनेको आफ्नो देशलाई आफैले कृषि विपन्नतातिर, कृषि परनिर्भरतातर्फ धकेल्नु कृषि क्षेत्रको सम्मान नगर्नुको संकेत हो। नेपालमा अहिलेको अवस्थामा औसत ६०।४५ ९कृषि डायरी २०७७ ० जनसंख्या कृषि पेशामा सम्लग्न छन् जसमध्ये पुरुष ६०।२५ र महिला ७२।८५ छन्। नेपलमा आधाभन्दा बढी जनाशंख्य कृषि पेशामा आबद्ध रहेता पनि हामीले यस क्षेत्रमा सोचेको जस्तो सफलता पाउन सकेका छैनौँ। हामीले हाम्रो देश नेपाललाई कृषि प्रधान देश भनेतापनि हामीले अझै यस क्षेत्रमा क्रान्ति ल्याउन नसकिरहेको तितो यथार्थ हो। किन सकिरहेका छैनौँ भनेर हामीले एकचोटी गहन विचार गर्ने बेला आएको छ। हामी कृषि क्षेत्रको रुपान्तरणका लागि निम्न कुराहरुमा चुकिरहेका छौं हामीसंग कृषि उद्यमशील गर्ने युवायुवतीहरुको कमि छ र त्यो किन छ भन्दा सक्षम वा दक्ष युवायुवतीहरु सबै विदेश पलायन हुँदै गइरहेका छ्न।

कृषिमा दक्ष युवायुवतीहरुलाई हाम्रो देशमा काम गर्ने उपयुक्त वातावरण र रोजगारीको सिर्जना गर्न सकिएको छैन । ९हरेक घर बाट एउटा न एउटा सन्तान विदेशिएकै हुन्छन् चाहे त्यो खाडी मुलुकमा पसिना बगाउन होस् वा विकसित मुलुकमा पढेर उतै घरजम गरि बस्न होस् । धेरैजसो नेपली किसानहरु निरक्षर र कृषि सम्बन्धि प्राविधिक ज्ञान र शिप नभएका छन् । जसले गर्दा उनीहरुलाई खेतबारीमा कस्तो प्रकारको कृषिबाली रोप्ने, कस्तो विउ छान्ने, कति मलको प्रयोग गर्ने, किराहरुको रोकथाम कसरि गर्ने भन्ने बारेको अल्प ज्ञानको कमि छ । हामीले कृषि क्षेत्रमा आधुनिक उपकरण ल्याउन, प्रयोग गर्न नसक्नु पनि हाम्रो एउटा ठुलो कमजोरी रहेको छ ।यसमा सरकारले कृषकलाई अनुदान दिनुपर्छ । हाम्रा चारओटा विश्वोविध्यालयहरुले वर्षेनी कृषि विद्यार्थीहरु उत्पादन गर्दछन तर के ती विद्यार्थीहरुले गुणस्तर शिक्षा पाएका छन् वा छैनन् र उनीहरुले आफ्नो सैद्धान्तिक शिक्षा बमोजिम को व्यवहारिक शिक्षा लागू गरेका छन् या छैनन् यस्ता पक्षमा अध्ययन अनुसन्धान गरिनुपर्छ। जबसम्म कृषि पढ्ने विद्यार्थीहरुको ज्ञान र पढाईलाई व्यवहारिक रुपमा रुपान्तरण गरिदैन तबसम्म समग्र कृषि क्षेत्रको विकास हुनै सक्दैन। हाम्रो देशमा कृषि परामर्शदाता र प्राविधिक सल्लाहाकारको पनि कमि छ। नेपालमा भएका कृषि प्राविधिक पनि अत्याधिक पैसाको मोहले विदेशिएका छन्, केहि भएका जनशक्ति पनि निजी क्षेत्रमा काम गरेका छन् ।

कृषकले समयमा राम्रो विउविजन र मल पाउनु भनेको त एउटा सपना मात्र हुन्छ र उनीहरुले त्यो पैसा तिरेर किन्ने अवस्था पनि हुदैन। यस्ता किसानहरुलाई राज्यले सस्तो र सुलभ व्याजमा ऋण दिने र उत्पादन सामग्रीहरु खरिद गर्ने व्यवस्था मिलाइदिनु पर्छ। हाल नेपालमा कृषि शिक्षणमा केहि वर्ष यता तीव्र गतिमा परिवर्तन आइसकेको छ । नेपालमा अहिले वर्षेनी कृषि विषयमा लगभग २५० विद्यार्थीहरु स्नातक गर्ने गरेका छन । जसमध्ये करिव ५०५ विद्यार्थीहरु विदेश पलायन हुने गरेका छन् भने कोहि सरकारी र गैर सरकारी पेशामा आवद्ध हुने गरेका छन् । एक वर्षमा यति धेरै कृषि विद्यार्थीहरु उत्पादन हुन्छन तर के यी सबै विद्यार्थीहरु आफुले पढेको शिक्षालाई उपयोग गरि आफ्नै देशलाई विकासतर्फ र सुमधुर राष्ट्र बनाउन चाहन्छन् त रु यो प्रश्न अहिलेको अवस्थामा एकदमै गम्भीर र गहन विचार गर्नुपर्ने प्रश्न बनेको छ । त्यसैगरी कृषि पढ्ने विद्यार्थीहरुले यो विषयलाई एउटा विकल्पको रुपमा मात्र लिएर विदेशिने र उतै बस्ने र आफ्नो भविष्य उज्ज्वल पार्ने र आफ्नो देशप्रतिको कर्तव्य नै भुलिदिने गरेका त छैनन् भन्ने प्रश्न पनि हाम्रो मन मष्तिस्कमा नउब्जिएको त होइन। फेरी विदेश पलायन जस्ता कुरा हामीले हाम्रो समाजमा सुनेका र देखेका पनि छौँ ।

धेरै कृषि पढेलेखेकाको मुखबाट पनि हामीले यहि नै सुन्ने गरेका छौँ कि उनीहरुको लक्ष्य भनेको विदेश जाने उतै पढ्ने र सकभर उतै सुखसयलको जीवनयापन गर्ने हो। यस्ता वाणीले हामीलाई सोच्न बाध्य पार्छ कि यदि उनीहरुले यो विषयलाई आफ्नो इच्छा र आकांक्षाले नै पढेका हुन् भने त उनीहरुमा आफ्नै देशमा केहि गरौँ, कृषि क्षेत्रमा आधुनिकीकरण गरौँ र आफ्नो देशलाई समृद्ध र सुसम्पन्नको बाटो तर्फ मोडौं भन्ने हुन्थ्यो । तर हामीले अहिलेको अवस्थामा के देखिरहेका छौँ भने कृषि विद्यार्थीहरुमा विदेश पलायन हुने एउटा ठुलो मानसिक रोग जस्तै चढेको पाइन्छ। कोहिकोहिले त यति सम्म गर्न थालेका छन् कि कृषि विषय पढेपछि जुनसुकै देश जान नि सजिलो हुने र त्यहाँ छिटै नै रोजगारी नि पाइने हुँदा यो विषय नै पढ्नलाई पहिलो रोजाइमा पार्ने गरेका छन् । अहिलेको कृषि पढ्ने विद्यार्थीहरुमा आफ्नै देशमा बसेर आफुले सिकेको, जानेको र पढेको शिक्षाको सहि सदुपयोग गरौँ , कृषिमा नयाँ आयाम थपौं र कृषि क्षेत्रको विकास गरेरै आफ्नो देश लाई संसारसामु चिनाऊँ भन्ने भावनाको कमि भएको देखिएको छ ।

नयाँ पुस्ताका युवायुवतीहरुमा विदेश जाने एककिसिमको होडबाजी नै चलेको पाइन्छ। यस्ता होडबाजीमा उनीहरुले आफ्नो राष्ट्रप्रतिको जिम्मेवारी पनि बिर्सिसकेका छन् र भविष्यमा यस्ता समस्या अझै बढी देखिन सक्ने आकलन गर्न सकिन्छ। जबसम्म कृषि क्षेत्रमा रुपान्तरण, यान्त्रीकरण, व्यवसायमुखी रोजगारमूलक बनाउन सकिदैन तबसम्म नेपालको कृषि प्रगतिपथमा लम्किने सम्भावना ज्यादै न्यून छ। सुमधुर भविष्यविना युवाहरुलाई नेपालमा बस्ने र यहीं केहि गर्ने उत्प्रेरणा दिन सार्है मुस्किल परेको अवस्था छ। त्यसैले सर्वप्रथम उनीहरुको भविष्यलाई उज्ज्वल बनाउन राष्ट्रले दिर्घकालिन योजनाहरु, नीतिनियम र रणनीति बनाई नेपालमा कृषक, व्यवसायी र उपभोक्ताहरुलाई कृषि कर्ममा उत्साह जगाउनका लागि कृषक लक्षित कार्यक्रम ल्याउनु पर्दछ।

नेपालमा नै युवाहरुलाई उचित रोजगारीको लागि कृषि सिपमुलक छोटा र लामा तालिमको व्यवस्था गरिनु पर्छ । विश्वविद्यालयहरुले निजी कलेजहरु मात्र खोल्ने होडबाजी नगरी शैक्षिक गुणस्तरको विषयमा पनि विचार गर्नु पर्दछ । सैद्धान्तिक शिक्षा संगसंगै व्यवहरिक शिक्षामा पनि जोड दिनुपर्छ र उनीहरुलाई नेपालमा बसेर केहि गर्ने उपयुक्तअवसर दिनुपर्छ। विद्यार्थीहरुमा कृषि विषय एउटा विकल्प नभई प्राथमिकता हुनुपर्दछ अनी बल्ल यो देश समृद्धिको तर्फ लम्कन थाल्छ। सबै कृषिकर्मी , कृषि विद्यार्थी र सम्पूर्ण नेपालीहरुमा एउटै नारा हुनुपर्छ । त्यो हो “जय कृषि” “जय देश” ।

 

खुश्बु उपाध्याय

बि.एस्सी.एजी पृथु टेक्नीकल कलेज, लमही, दाङ