२०७७ श्रावाण १९ सोमबार १२ : २२ : ४०
Banner Top Ads

नेकपा आन्तरिक कलह : नियत, कारण र समाधान

२०७७ असार २० शनिवार
नेकपा आन्तरिक कलह : नियत, कारण र समाधान

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टीको संघ, प्रदेशको चुनावी तालमेल करीब एक बर्ष पछि २०७५ जेठ ३ गते पार्टी एकतामा परिणत भएको थियो । जुन यात्रा संघिय र प्रदेशका सरकार गठनसम्म सहजरुपमा अगाडी बढ्यो । यही बिचमा पार्टी एकताका धेरै कामहरु सम्पन्न भए जसमा अध्यक्षद्धयको सक्रियता र सहकार्य घनिभुत देखियो ।

परिणाम स्वरुप एकता प्रक्रिया सत प्रतिशत पुरा भयो र नेपाल कम्युनिष्ट पार्टी बन्यो तर केही पुर्व नेकपा एमालेका नेताहरु एकता प्रक्रियामा आफुहरु एकान्तमा एक्लो भएको महसुस गरी यदाकदा असन्तुष्टिका स्वरहरु सुनाउदै आएका थिए । अर्को अर्थमा भन्दा केपी ओली र प्रचण्डको सहकार्य र सक्रियता ति नेताहरुलाई मन परेको थिएन र ति पुर्व एमालेका नेताहरु पहिलो अध्यक्ष केपी ओलीका राम्रा भन्दापनि नराम्रा कुराहरुलाई तिलको पहाड बनाउदै दोस्रो अध्यक्ष प्रचण्डका कान भर्ने र प्रचण्डका स्वभाव जन्य कमजोरीहरुको फाइदा उठाउदै बेला बेला पहिलो अध्यक्ष विरुद्ध र्मोचा बन्दि गर्ने कामहरु हँुदै आएका थिए ।

तत्कालिन नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनमा स्पस्ट दुइवटा समुहमा विभाजित भइ चुनाब लडेका केपी शर्मा ओली र माधव नेपालको मन राम्रोसँग मिलेको थिएन । महाधिवेशनवाट अध्यक्षमा पराजित नेता माधव नेपाल तत्कालिन एमाले भित्र शसक्त प्रतिपक्षको भुमिकामा आफ्ना गतिविधिहरु संचालन भइरहेकै थिए । यही क्रममा २०७२ सालमा भारतद्धारा नेपालमाथि गरेको नाकाबन्दिमा केपी ओलीले लिएको राष्ट्रवादी अडानका कारण केपी ओलीको ब्यक्तित्व राष्ट्रवादी नेताको रुपमा स्थापित भयो । केपी ओलीकै राष्ट्रवादी छविका कारण २०७४ सालमा सम्पन्न स्थानिय तहको निवार्चमा देशका धेरै स्थानिय तहमा तत्कालिन एमालेले विजय प्राप्त गर्यो र देशको पहिलो ठुलो दल बन्यो । केपी ओलीको नेतृत्वमा तत्कालिन नेकपा एमालेको लोकप्रियता जनतामा बढ्दै गएकाले तत्कालीन नेकपा माओवादीले संघ र प्रदेशको निवार्चनका निम्ति तत्कालिन एमालेसंग सहकार्यको हात बढायो र चुनावी तालमेल समेत भयो ।

विगतका दुई ठुला कम्युनिष्ट पार्टीको चुनावी सहकार्यले उत्साहजनक चुनावी परिणम ल्यायो र संघमा र छ वटा प्रदेशमा नेकपाका सरकारहरु निमार्ण भए । संघ, प्रदेश र पार्टी एकतामा आफना निकटका मान्छेहरु भनेजति समेटन नसक्दा एकता प्रक्रियालाई मौन समर्थन गर्दै आइरहेका तत्कालिन नेकपा एमालेका नेताहरु पार्टी भित्र विवाद सिर्जना गर्ने बैठकमा असहमति दर्ज गर्ने, आन्तरीक विवाद सतहमा ल्याउने र कार्यक्रतामा विभाजन ल्याउने खालका गतिविधिहरु संचालन गर्दै आइरहेका थिए । तर कुनै तहका कायकर्तामा पार्टी एकता प्रति असन्तुष्टि नदेखिएपछि एकता प्रक्रियामा एक्लिएको महसुस गरेका नेताहरुले सरकारलाई असफल बनाउने रणनीति अख्तियार गरेको देखिदै आएको छ । नेताहरुका निवासमा नेताहरुले पोखेका गुनासाहरु तल गाँउसम्मका कार्यक्रताहरुले संगठित रुपमै सरकारका प्रत्येक काममा प्रतिपक्षको भुमिका निर्वाह गदै आएको वर्तमानको तितो यथार्थ हो ।

सरकार झन्डै दुई तिहाइ बहुमतको भएपनि आफ्नै दलका र्शिष नेताहरुको असहयोगी भुमिका कारण सरकारका राम्रा कामले पार्टीभित्र कहिल्यै प्रसंशा पाएनन् । बरु उल्टै आफ्नै दलका नेताहरुको लगातार प्रहारवाट सरकार सधै रक्षात्मक अवस्थामा रहदै आयो । देशका स्रोत साधन संघिय ब्यवस्था अनुसार तिनै तहवाट वितरण भइरहको अवस्थामा स्थानिय तहको वडा अध्यक्षसंग गर्ने गुनासाहरु समेत देशको प्रधानमन्त्रीसंग गरेर सरकारलाइ बदनाम गर्ने काम समेत पार्टी पंक्तिवाट हुदै आउदा नेताहरुमा एक अर्का प्रति अविश्वास पैदा भएको देखिन्छ । नियतवस सरकारमाथि गरिएका घेराबन्दीका कारण सरकालेपनि केही निर्णयहरुमा आबश्यक सल्लाह नगरी अगाडी बढेकाले नेकपाको आन्तरीक कलह सतहमा पुगेको छ । तर सरकार नै बदल्नु पर्ने र पार्टी एकता नै धरापमा पार्नु पर्ने खालको यो विवाद हो कि होइन यो आम जनताको चासोको विषय बनेको छ ।

यतिवेला विश्व समुदाय कोभिड १९ का कारण आक्रान्त बनिरहेको छ र विश्वका शक्ति सम्पन्न देशहरु समेतलाइ कोरोना संगको लडाइ जित्न हम्मे हम्मे परेको छ । यस्तो अवस्थामा नेपालले आफुलाई झन एकतावद्ध बनाउदै लड्ने वेला सतारुढ दल नै आन्तरीक सत्ता संघर्षमा रुमलिएको देख्दा आम नागरीकको नजरमा नेकपाका नेता घृणाका पात्र बनिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघ र प्रदेशको निर्वाचनमा जनतासंग स्थायी सरकार र समृद्धि दिन्छौ भनेर गरेको वाचा विर्सेर जुन प्रकारका गैर राजनीतिक गतिविधिहरु गरीराखेकको छ यसले थप जनतामा निरासा पैदा गरेको छ ।

नेकपाका केही नेताहरुको ब्यक्तिगत सत्ता स्वार्थका कारण नेकपा अस्थिर राजनीतिकको मुहान बन्ने खतरा बढेको देखिन्छ । सरकारलाई बदल्ने सोचका पछाडी दुइवटा कारणले काम गरेको देखिन्छ, पहिलो दोस्रो अध्यक्ष प्रचण्डको अस्थिर राजनीतिक चरित्र जुन कुरा प्रचण्ड आफैले बेवा बेला मिडियामा स्वीकार गर्ने गरेको छ । पुर्व एमाले भित्रको आन्तरीक विवादमा खेलेर केपी ओलीलाई राजनीतिकमा रक्षात्मक बनाई राख्ने र आफुले भने जस्तै गरी पार्टी भित्रका निणर्यहरुमा वर्चोस्व कायम गर्ने । त्यसै गरी पुर्व माओवादी शक्तिलाई एक ढिक्का राख्ने, आबश्यक्ता अनुसार पहिलो अध्यक्ष विरुद्ध फाइरिङ्ग खोल्दै नेकपालाई विगतको माओवादी झै अस्थिर बनाउदै सधै धमिलो पानिमा माछा मार्ने नियत र मनसाय देखिन्छ । दोस्रो कारण वर्तमान प्रधानमन्त्री केपी ओलीको अडानको राजनीतिक फाइदा लिने किन कि केपी ओली जे गरेपनि खुल्मखुल्ला चुनौती सहित आक्रमक ढंगवाट सत्य लागेको कुरा राख्ने स्वभावको अर्का अध्यक्षले गलत राजनीतिक अर्थ लगाएर त्यसको फाइदा लिन खोज्दा दुइ अध्यक्ष विचको अविश्वास बढेको देखिन्छ ।

विगत एक बर्षदेखि नेताहरुका निवासमा सरकारका कामवारे विष बमन हँुदै त्यो सरकार विरुद्धको गठबन्धमा परिणत भयो र सरकारलाई अप्ठारो पार्न सभामुख चयनमा गठबन्धन शक्ति संचय सहित पार्टीमा विरोधी र्मोचाको रुपमा प्रस्तुत भयो । त्यसपछि प्रधानमन्त्रीलाई पार्टी र सरकार दुवैमा असफल बनाउने दाउपेच शुरु भयो र त्यसको पराकाष्ठा अहिले जारी स्थायी कमिटीको बैठमा देखियो । जुन कुरा नेपाली जनतालाई भलिभाति अवगत छ । यसरी पार्टी भित्र र सरकारमा असफल पार्ने आफु हावि हुने र सरकार, पार्टी संचालन गर्ने मनसायले प्रधानमन्त्री विरुद्धमा खडा भएको र्मोचाको नियत देखिएको छ । तर जुन प्रकारको नियतले पार्टी एकताको कार्यभार कदापी पुर्ण हुन सक्दैन । पार्टी एकतालाई दिगो र जीवन्त राख्न एकताको महाधिवेशन नहुँदासम्म पार्टी एकताको दस्तावेजमा हस्ताक्षर गर्ने हस्ताक्षरकर्तालाई पर राखेर विचमा बखेडा गर्ने कुरा कुनै हिसावले पार्टी हितमा छ भन्न सकिदैन । एकताको महाधिवेश अगावै पार्टी भित्र गणितीय संख्याको खेलो मेलो गर्ने कुराले पार्टीको एकतालाई ध्वस्त पार्ने कुरा बाहेक अर्को केही हुन सक्दैन ।