२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

भारतमा टिकटकसहित झण्डै ६० चिनियाँ मोबाइल एप प्रतिबन्ध

२०७७ असार १६ मङ्गलबार
भारतमा टिकटकसहित झण्डै ६० चिनियाँ मोबाइल एप प्रतिबन्ध

१६ असार, काठमाडौं । भारत सरकारले टिकटकसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको घोषणा गरेको छ।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ।

भारतको यो निर्णय दुई साता अगाडि चीनसँगको सीमाक्षेत्रमा रहेको गलवान उपत्यकामा भएको हिंस्रक झडपमा २० सैनिकको मृत्यु भएपछि आएको हो।

चिनियाँ टेलिकम्युनिकेसन तथा सामाजिक संजाल कम्पनीले आफ्ना उत्पादनका लागि भारतको विशाल बजार र त्यसको सम्भावनामा चासो देखाउँदै आएका छन्। भारतको ५० प्रतिशत जनसंख्या इन्टरनेटमा पहुँचमा रहेको छ।