२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

एफए कप : सेमिफाइनलमा सिटी र आर्सनल भिड्ने

२०७७ असार १५ सोमबार
एफए कप : सेमिफाइनलमा सिटी र आर्सनल भिड्ने

१५ असार,एजेन्सी । एफए कप फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ ।

इंग्ल्यान्ड फुटबल एसोसिएसनले सेमिफाइनल समीकरण पुरा भएपछि ड्र सार्वजनिक गरेको हो ।

सार्वजनिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्नेछ ।

सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २-० ले हराएर सेमिफाइनलमा पुगेको हो ।

कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१ ले हराएको थियो ।

Image

गत सिजन सिटीले वाट्फोर्डलाई ६-० ले हराएर उपाधि जितेको थियो ।

यस्तै अर्को सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।

चेल्सीले लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएको थियो ।

सेमिफाइनल खेल जुलाई १८ र १९ मा वेम्बलीमा हुनेछ ।

फाइनल खेल अगष्ट १ मा वेम्बलीमै हुनेछ ।