२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ७२ पुग्यो, ३६७ जना डिस्चार्ज

२०७७ असार १५ सोमबार
सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ७२ पुग्यो, ३६७ जना डिस्चार्ज

१५ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २७२ पुगेको छ । आइतबार मात्रै थप १९६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २ हजार २७२ पुगेको हो । जसमध्ये ४९६ जना महिला र १७ सय ७६ पुरुष छन् ।

प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म ३६७ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये कैलालीका ६०६, कञ्चनपुरका ३०७, अछामका १३३, डडेल्धुराका २२७, दार्चुलाका १७ जना छन् । बझाङका ७२, बैतडीका २३१, डोटीका ३९२ र बाजुराका २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख २७ हजार २०३ जनाको परीक्षण गरिएको छ भने २२ हजार १९ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ ।