२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउराकाे महत्व

२०७७ असार १५ सोमबार
असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउराकाे महत्व

१५ असार, काठमाडौं । आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्। मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउदै खेतमा बसेर खाजा खादै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा छ ।

रोपाइको दिनमा खेतका मालिकहरु पनि खेतमा आई खेतलासंग हिलोमा रमाउने गर्छन् । स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो । २०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।

तर कृषकहरूमा भने काेभिड महामारीकाे सन्त्रासकाे बीच पनि राेपाइँ अर्थात् धान राेप्ने कार्यकाे राैनक खासै घटेकाे छैन । यस वर्ष समयमै मनसुनी वर्षा समेत भएकाे र अधिकांश युवाहरू समेत गाउँघर फर्किएका कारण किसानहरूलाइ राेपाइँमा सहज भएकाे छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुनेगर्दछन् । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।

दही-चिउराकाे महत्व

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने र दही-चिउरा एवं फलफुल र मिष्ठान्न खाने चलन पुरानै हाे ।  मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही-चिउरा खाँदै अानन्द लिन्छन् ।

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

किन खाइन्छ दही चिउरा ?

असार १५ कै दिन किन दही चिउरा खाइन्छ ? यसको खास कारण कतै भेटिदैन । दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । भनाई नै छ, ‘१५ असारमा दही चिउरा १५ साउनमा खिर !’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ ।

यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ । अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ । गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता दिने भएकाले पनि खेतमा दही चिउरा खाने परम्परा रहेको बताइन्छ ।

दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ । जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ ।

हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।