२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads

महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

२०७७ असार १३ शनिवार
महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

१३ असार,काठमाडौं । महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने भएको छ। विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२३ मा आयोजना हुने महिला विश्वकप फुटबलको आयोजक राष्ट्रको बिहीबार छिनोफानो गरेको हो।

महिला विश्वकप फुटबलको आयोजना गर्ने दाबीमा अस्ट्रेलिया र न्युजिल्यान्ड संयुक्त रुपमा थियो भने कोलम्बियाले पनि दाबी गरेकाे थियाे। तर बिहीबार भएको भोटिङमा कोलम्बियालाई पछि पार्दै विश्वकप फुटबलको आयोजना गर्ने जिम्मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्तरुपमा पाएका हुन्।

कूल ३५ भोटमा अस्ट्रेलिया र न्युजिल्यान्डले २२ भोट पाउँदा कोलम्बियाले १३ भोटमात्रै पाएको फिफाले जानकारी दिएको छ।

योसँगै दुई फरक महादेशमा पहिलो पटक महिला विश्वकप आयोजना हुने भएको छ। २०२३ कै महिला विश्वकपदेखि सहभागी टिमको संख्या पनि पहिलो पटक ३२ पुर्याइएको छ।

यसअघि फ्रान्समा सम्पन्न भएको महिला विश्वकप २०१९ सँगै २०२३ को आयोजना कुन राष्ट्रले गर्ने भन्ने कुराको छिनोफानो फिफाले गर्न सकेको थिएन।