२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड

२०७७ असार १२ शुक्रबार
कोरोना नियन्त्रणको लागि क्वारेन्टाइनका न्युनतम मापदण्ड

रमन देवकोटा । विश्वमा सबैभन्दा पहिले चीनको उहान शहरमा २०७६ साल पुषको दोस्रो हप्ता तिर पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। नेपालमा भने २०७६ माघमा ९ मा पहिलो कोरोना संक्रमित ब्यक्ति भेटिएका थिए। बिश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) ले २०७६ फागुन २८ गतेको दिन कोरोना लाई बिश्वब्यापी महामारी (पान्डेमिक) को रुपमा घोषणा गरेको थियो। नेपालमा २०७६ चैत्र ११ गते पहिलो पल्ट लकडाउनको घोषणा गरि लागू गरिएको थियो। यस प्रकार आजसम्म नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको चार महिना ६ दिन बितिसकेको छ भने देशले लकडाउन घोषणा गरि लागू गरेको दुई महिना ५ दिन भैसकेको छ।

विश्व स्वास्थ्य संस्था (डब्लुएचओ) का डाईरेक्टर जनरल ले २०७६ साल माघ १६ गते (३० जनवरी २०१९ ) का दिन कोभिड-१९ को प्रकोप लाई संसारभर का मुलुकहरु को तुरुन्त ध्यान जानुपर्ने पब्लिक हेल्थ ईमर्जेन्सीको रूपमा घोषणा गरेका थिए। यस अबस्थामा हरेक देशलाई क्वारेन्टाइन लागू गर्न सक्ने अधिकार हुनु स्वाभाविक हो। तर क्वारेन्टाइन लाई रोकथामका थुप्रै उपायहरू मध्य एक भागको रूपमा मात्र लिईनु पर्दछ। त्यस संगै डब्लु.एच.ओ. ले २०७६ चैत्र ६ गते (१९ मार्च २०२०) को दिन कोरोना रोकथामको सन्दर्भमा आफ्ना सदस्य राष्ट्रहरू लाई सन्क्रमितको सम्पर्कमा आएका ब्यक्तिहरु को क्वारेन्टाइन लागू गर्दा ध्यान दिनु पर्ने तथ्यहरु मा आधारित निर्देशिका या अन्तरिम मार्गदर्शन जारी गरेको थियो; जसलाई निम्न बमोजिम उल्लेख गरिएको छ।

* क्वारेन्टाइन र आईसोलेसनमा मुल फरक के हो ?

क्वारेन्टाइन भन्नाले कोरोना रोग बाट सं क्रमित बा ल्याबटेष्ट बाट पुष्टि भएका ब्यक्तीको सम्पर्कमा आएको ब्यक्तिलाई अन्य स्वस्थ ब्यक्ति तथा समुदायको सम्पर्कमा गएर रोग फैलाउन नसकोस भन्ने अभिप्रायको साथै उक्त ब्यक्तिमा असुरक्षित सम्पर्क भएको दिन देखि १४ दिन भित्र कोरोना रोगको लक्षण देखा पर्छ या पर्दैन साथै पोजिटिभ ल्याब रिपोर्ट देखा पर्छ बा पर्दैन भनी एकिन गर्नको लागि निरन्तर निरिक्षण तथा निगरानी राख्नको लागि समेत उक्त अबधि भित्र निजलाई स्वतन्त्र रूपमा हिड्डुल गर्न रोक लगाएर निजमा बिकास हुन सक्ने सम्भाबित संक्रमण बाट बाकी स्वस्थ मानिसहरू वा समुदायमा रोग फैलिन बाट बचाउन को लागि अरु ब्यक्ति बा समुदाय भन्दा छुट्टै राख्ने प्रतिकारात्मक स्वास्थ्य सेवाको बिधि लाई क्वारेन्टाइन भनेर बुझ्नुपर्छ।

यसमा शुरुको अबस्थामा नै ब्यक्तिमा रोगको पहिचान तथा डायग्नोसिस गरि उपचार समेत समयमै हुन सकोस् भन्ने समेत मर्मको साथ यस भित्र रहने ब्यक्तिहरुको प्रत्यक्ष निगरानी र समय समयमा नियमित जाच तथा परिक्षण गर्ने प्रक्रिया समेत गासिनुको साथै रोग नियन्त्रणका लागि सहायक अन्य बिस्तृत बिधिका प्याकेजहरु पनि समेटिएको हुनुपर्छ भन्ने तथ्य लाई बिर्सनु हुँदैन।

क्वारेन्टाइन लाई कार्यान्वयन स्तरमा लागू गर्दा यसलाई कोरोना रोग नियन्त्रणका अन्य बिस्तृत उपाय तथा औजारहरु मध्य एउटा उपाय बा औजार को रुपमा लिएर अन्तरास्ट्रिय स्वास्थ्य नियमावली २००५ को आर्टिकल ३ अनुसार ब्यक्तिको प्रतिष्ठा, मानव अधिकार र मौलिक स्वतन्त्रता को सम्मान गर्दै कार्यान्वयन गरिनु पर्दछ।

तर आईसोलेसन भन्नाले कोभ-१९ भाईरस बाट सक्रमित भै बिरामी भैसकेको ब्यक्तिबाट अन्य स्वस्थ ब्यक्ति बा समुदायमा रोग सर्न बा फैलिन नपावस भन्ने उद्देश्यले उक्त ब्यक्तिलाई रोगको अबस्था अनुसार सामान्य भएसम्म छुट्टै ठाउँमा राखी उपचार गर्दै रोगको अबस्था जटिल बने नबनेको निगरानीमा राख्ने ब्यबस्था हो भनी बुझ्नुपर्छ। आइसोलेसन मा रहेका ब्यक्तिको स्वास्थ अबस्था जटिल बनेमा निज लाई अस्पतालमा भर्ना गरि उपचार गर्नुपर्ने हुन्छ।

यस बाट के प्रष्ट हुन्छ भने लक्षणहरु र ल्याबटेष्ट बाट कोरोना संक्रमण भएको पुष्टि नभएका तर सन्क्रमितको सम्पर्कमा रहेको हिस्ट्री भएका मानिसलाई क्वारेन्टाइनमा राख्नु पर्छ, भने क्वारेन्टाइनमा बा बाहिर नियमित स्कृनिङ्ग र ल्याबटेष्ट बाट कोरोना पुष्टि भएका लाई आईसोलेसनमा बा अस्पतालमा राख्नु पर्दछ।

यस प्रकार सन्क्रमण पुष्टि भएका ब्यक्तिहरु लाई आईसोलेसनमा राख्नुपर्छ भन्ने कुरामा कत्ति पनि भ्रम बा गडबडी हुनु हुदैन भन्ने कुरामा सरोकारवाला र सम्पुर्ण नेपाली नागरिक लाई म विनम्र आग्रह गर्न चाहन्छु।

* क्वारेन्टाइन को स्थापना अघि ध्यान दिनुपर्ने कुराहरू:

क्वारेन्टाइन लाई ब्यबहारमा लागू गर्नु भन्दा अघि त्यहाँ बस्ने मानिसहरू को मन भित्र हुनसक्ने अनावश्यक डर र शंकालाई हटाई बिश्वसनियता हासिल गर्नको लागि खुला छलफल तथा अन्तरक्रिया हुनु पर्दछ।

a) अधिकार प्राप्त निकायले नागरिक लाई
क्वारेन्टाइन प्रक्रिया बारेमा सफा, पारदर्शी, ताजा अपडेटका बिश्वसनिय सुचनामा आधारित गाईडलाईन निरन्तर रुपमा जारी गर्दै
दिशानिर्देश गर्नु पर्नेछ।

b) क्वारेन्टाईनमा बस्ने मानिसहरू लाई बाच्नको लागि आबश्यक खाना, पानी, लत्ताकपडा र आबश्यक औषधि तथा स्वास्थ्य सेवाको साथै उनिहरु लाई आर्थिक, सामाजिक तथा मानसिक रूपमा सुरक्षित रहेको आभास तथा भरोसा दिनुपर्ने छ। यस कार्यमा कमजोर तथा असहाय लाई बढी प्राथमिकता दिनु पर्ने हुन्छ।

c) क्वारेन्टाइन को सफलता तथा प्रभाबकारिता को लागि आर्थिक, सामाजिक तथा सास्कृतिक तत्वहरु ले प्रभाव पार्न सक्दछन। क्वारेन्टाइन राख्ने ठाउँ को छनौट को लागि स्थानीय अबस्था बारे छोटो र छिटो त्यहाँका राम्रा तथा कमजोर पक्षहरु बारे मुल्यांकन गर्नु पर्दछ, ताकी समुदायको संस्कृती अनुरुप स्थानिय सस्कृतीलाई स्विकार्य हुने गरि उपायहरु कार्यान्वयन गर्ने उपर्युक्त योजना बनाउन सकियोस।

* क्वारेन्टाइन कहिले लागू गर्ने ?

प्रकोप बा महामारीको शुरूवात संगै देशमा रोग पस्न बाट तथा निश्चित भूगोल बाट अर्को भुगोलमा रोग फैलिन बाट रोक्ने काममा क्वारेन्टाइन जस्तो रोग नियन्त्रणको औजार ले महामारी फैलिने प्रक्रिया लाई कम गरि पिकमा जाने गति र समयलाई ढिलो गराउन सकिन्छ। तर यसलाई मापदण्ड अनुरुप सहि तरिकाले कार्यान्वयन तथा ब्यबस्थापन गर्न नसकिएको अबस्थामा भने यो पनि प्रदुषण वा दुषितिकरण को श्रोत र रोग फैलिने माध्यमको रूपमा परिणत हुन्छ।