२०७७ असार २२ सोमबार १२ : २२ : ४०
Banner Top Ads

बालुवाटारमा सांसदसहित केही पक्राउ

२०७७ असार १० बुधबार
बालुवाटारमा सांसदसहित केही पक्राउ

१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएका सांसदसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले उक्त घटनाको अनुसन्धान फितलो भएको, पोष्टमार्टम रिपोर्ट तोडमोड गरेको आरोप लगाएका छन् ।

ज्ञापनपत्र बुझाउन पुग्दा प्रधानमन्त्री निवासको गेटमा प्रहरीले उनीहरुलाइ रोकेको थियो । सो क्रममा भएको घम्साघम्सीमा सांसद परियार घाइते भएकी छिन् । पक्राउ पर्नेमा पूर्वसभासद जीवन परियारसहित सुनिता मरिक, दुर्गा बराइली लगायत छन् ।

गत १० जेठमा नवराज विक र उनका पाँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित रुपमा विरोधका कार्यक्रम गरिरहेको छ ।