२०७७ असार ३० मङ्गलबार १२ : २२ : ४०
Banner Top Ads

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार होइन हौसला प्रदान गरौ

२०७७ जेठ २८ बुधबार
स्वास्थ्यकर्मी माथि दुर्व्यवहार होइन हौसला प्रदान गरौ

केशव देवकोटा
देव अस्पताल भरतपुर, चितवन

कोरोना भाइरसको माहामारी फैलनु भन्दा अघिको समाजमा स्वास्थ्यकर्मीलाई गरिने सम्मान, व्यवहार, हेरिने दृष्टिकोण र माहामारी विकराल रुपमा बस्तिमा फैलिए पछि स्वास्थ्यकर्मीलाई समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा फरक भएको छ । देशका विभिन्न ठाउँमा कार्यरत स्वास्थ्यकर्मी माथी दुव्र्यवहार भएको पाईन्छ । कतै समाजमा बहिस्कार गरेको पाईन्छ । कोरोेना सर्छ भनेर कोठा भाडामा बसेका स्वास्थ्यकर्मीलाई भाडामा बस्न नदिएका घटना पनि आए त कतै कोरोना लिएर आएको भन्दै कुटपिट पनि गरियो ।
माहामारी फैलिनु भन्दा अघिको त्यहि समाज हो म घरदेखि सेतोकोट लिएर बाहिर निस्किदा समाजका सम्पूर्ण व्यक्तिले सम्मान गर्नु हुन्थ्यो । म समाजको लागि औषधीको छाहारि थिए । एउटा आशाको किरण थिए । समाजका कोही कसैलाई केहि स्वास्थ्य समस्या देखियो भने उपचारको लागि म हरपल तयार हुन्थ्ये । सेवा गर्न पाउँदा खुसी लाग्थ्यो । आफू स्वास्थ्यकर्मी भएकोमा गर्व लागथ्यो । समाजका सबैजनाले कुन अस्पतालमा काम गछौं, कुन विभाग हो भनेर प्रश्न गर्नु हुन्थ्यो । म गर्वका साथ आफूले काम गर्ने अस्पताल र विभागको बारेमा भनि दिन्थें । धेरैले प्रशंसा गर्नु हुन्थ्यो । आफ्ना केटाकेटीलाई म जस्तै समाजको सेवा गर्ने व्यक्ति हुनु पर्छ भनेर हौसला दिन्थे । समाजमा म एक हौसलाको पात्र थिए । माहामारी फैलिनु भन्दा अघिको त्यही मलाई सम्मान गर्ने, हौसलाको स्रोत बनाउने समाज माहामारी फैलि सकेपछि मेरो शत्रु भएर निस्किएको छ । आज त्यही समाज त्यी नै व्यक्तिहरु घरदेखि सेतोकोट लिएर बाहिर निस्किदा घृणाको रुपले हेर्छ । कोरोना भाइरस लिएर आएको एक साधनको हिसाबले व्यवहार गर्छ । छिछि, दुर दुरको व्यवहार गर्छ ।
स्वास्थ्यकर्मी हाम्रो जीवन दाता हुन् भन्ने समाज आज स्वास्थ्यकर्मीले माहामारी फैलाउछ भन्दै छ । स्वास्थ्यकर्मीले कोरोना सार्छ भन्ने मानसिकता भएकालाई यति कुराको ज्ञान त हुनुपर्ने हो कि कोरोना लागेको व्यक्तिको उपचार स्वास्थ्यकर्मीले नै गछर्न् । दिनरात अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई कसरी लाग्यो त कोरोना ? विना स्वास्थ्य सामाग्री उपचार गर्नु परेकोले सर्यो । जोखिम त स्वास्थ्यकर्मीहरुलाई हुन्छ नि जो विना हतियार माहामारी सँग लडिरहेको छ । कहिले बुझ्ने यो कुरा मेरो समाजले । समाजका मान्छे आधुनिकतामा गई सके, सोचाइमा परिवर्तन आएको छ भन्नु एउटा भ्रम मात्र हो रहेछ भन्ने कुराको पुष्टि भएको छ ।
देश र समाजको लागि भनेर आफ्नो ज्यान हतियारमा राखेर माहामारीको सामना गरिरहेको स्वास्थ्यकर्मी माथि गालिगलौज, अभ्रद्र व्यवहार कामको अन्त्य गरौ । सरकारले गरेको लकडाउनको पालना गरि स्वास्थ्यकर्मीलाई हौसला साथै सहयोग गरौ । दुव्र्यवहार गरेर स्वास्थ्यकर्मीहरुको काम गर्ने मनोबल न घटाइ दिनु । बरु काम गर्ने मनोबल प्रदान गर्नुस् । यदि मनोबल दिनसक्नु हुन भने मनोबल गिराउने काम पनि नगर्नुस् । एकपल्ट विचार गर्नुस् त माहामारी आगो सरि बस्तिमा फैलियो त्यो बेला कसले गर्छ नियन्त्रण गर्ने काम । कुनै नेता, मन्त्री, शिक्षक, सुरक्षाकर्मी आएर त हुदैन होला नि ? समाजको अपमानले स्वास्थ्यकर्मीहरु घरैमा बसिदिए भने सम्पूर्ण समाजका व्यक्तिको स्वास्थ्यको अवस्था के हुन्छ ? समाजको दुव्र्यवहार कतै नकारात्मक परिमाण पो भोग्नु पर्ने हो कि ? बेलैमा विचार गरौ ।